Khabar Dabali Logo
  September 20, Fri

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको बताएका छन्। बजेटपछि पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीसँग गम्भीर रुपमा छलफल भइरहेको भन्दै उनले यसको सम्पूर्ण अधिकार प्रधानमन्त्रीलाई दिइएको बताए।

त्यस्तै उनले पार्टी एकताका लागि यसअघि भएका सहमति र सम्झौता बिपरित जाने छुट कसैलाई नभएको स्पष्ट पारे। प्रेस संगठन नेपालले कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

उनले पार्टी एकता र सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाएर लैजाने बारेमा पनि आफूहरु गम्भीर भएको बताए। पार्टी र सरकार सञ्चालनका लागि भएको सहमति पुरानो भएको भन्दै अहिले नै सरकारको नेतृत्वको सम्भावना नरहेको उनले बताए। उनले भने, ‘पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो विषयलाई चर्चा र विवादमा ल्याउन कोही न कोही खेलिरहेको छ।’

उनले ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्न सक्ने अभिव्यक्तिलाई बङ्ग्याइएको बताए। ‘अहिले हामी छलफलमा नै छौ। पार्टीलाई मिलाउने प्रक्रिया महान् हो, यसलाई सफल पार्ने कुरा मुलुकलाई सफलतामा अघि बढाउने कुरासँग जोडिएको छ’ उनले भने।

त्यस्तै उनले विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको स्पष्ट पारे। फरक प्रसङ्गमा उनले गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, ‘गुठी सम्बन्धित विधेयकमा नयाँ शिराबाट अघि बढ्छ। सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउछ।’

प्रचण्डले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको स्वीकार गरे। उनले भने, ‘विधेयक निर्माणका बेला सरोकारवालाहरु र पार्टी तथा सरकारभित्र पनि सँग छलफल र गृहकार्य नभएका कारण विवादमा आएको हो, अन्य विधेयकहरु पनि संसदीय प्रक्रियाबाटै परिमार्जन र संशोधन भएर अघि आउछ।’

असार ५ गते, २०७६ - १०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

च्याम्पियन्सलिगमा नापोलिसँग लिभरपुलको अनपेक्षित पराजय

च्याम्पियन्सलिगमा नापोलिसँग लिभरपुलको अनपेक्षित पराजय

काठमाडौं । च्याम्पियन्स लिगको पहिलो खेलमै साविक विजेता लिभरपुल पराजित भएको छ।मंगलबार राति भएको खेलमा...   
लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

काठमाडौं । लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएका छन् । खराव मौसमका कारण काठमाडौंमा...   
ज्ञानेन्द्र शाही ‘मानसिक रोगी’ कि सामाजिक अभियन्ता ?  के भन्छन् डाक्टर ?

ज्ञानेन्द्र शाही ‘मानसिक रोगी’ कि सामाजिक अभियन्ता ? के भन्छन् डाक्टर ?

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगंजबाट काठमाडौँ आउने बुद्ध...   
नेकपामा मधेस मतभेदः ओली र नेपालसँगै मात्रिका र पभु बाँडिए, को कतापट्टी ?

नेकपामा मधेस मतभेदः ओली र नेपालसँगै मात्रिका र पभु बाँडिए, को कतापट्टी ?

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै...   
उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

काठमाडौं । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको...   
नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन...   

यस्तो छ विप्लव नेकपाको अबको रणनीति

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम...   
स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौं । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी...   
नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह ९स्याटेलाइट० ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग...   

को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top