Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

खाद्यान्नमा उच्च मूल्यवृद्धि (५.३ प्रतिशत) , रेमिट्यान्स सवा ७ खर्ब पुग्याे

काठमाडौं । खाद्य तथा पेय पदार्थको भाउ अकासिएको छ । नेपाल राष्ट्र बैंकको १० महिनाको तथ्यांकले उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च देखाएको हो । यस अवधिमा समग्र उपभोक्ता मूल्य वृद्धि ५.३ प्रतिशत पुगेको छ । गत वर्ष दश महिनामा उपभोक्ता मूल्य वृद्धि ४।१ प्रतिशत थियो । समग्र मूल्य वृद्धि १।२ बिन्दु प्रतिशतले बढ्दा खाद्य तथा पेय पदार्थको मूल्य भने १.५ बिन्दु प्रतिशतले बढेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ वैशाख महिनासम्ममा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर ४।७ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यस्तो मूल्य वृद्धिदर १.५ बिन्दु प्रतिशतले बढी हो । गत वर्षको दश महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ३.२ प्रतिशत थियो ।

राष्ट्र बैंककाअनुसार खाद्यान्नको मूल्य वृद्धि ५।५ प्रतिशत र तरकारीको ६।३ प्रतिशत रहेको छ । त्यस्तै, माछामासुको मूल्य वृद्धि ४.७ प्रतिशत र तथा घ्यु–तेलको मूल्य वृद्धि ८.२ प्रतिशत रहेको छ ।

गैरखाद्यको मूल्य वृद्धि ५।८ प्रतिशत
समीक्षा अवधिमा गैरखाद्य वस्तुको मूल्य १ बिन्दु प्रतिशतले बढेर ५।८ प्रतिशत पुगेको छ । गत वर्षको दश महिनामा गैरखाद्य वस्तुको मूल्य वृद्धि ४.८ प्रतिशत रहेको थियो । यस अवधिमा घरायसी सेवा तथा उपयोगिताको मूल्य वृद्धि ७।१ प्रतिशत, लुगा तथा जुत्ताको ७ प्रतिशत, यातायातको ५।९ प्रतिशत र फर्निचर तथा घरायसी उपकरणको मूल्य वृद्धि ५.७ प्रतिशत रहेको छ ।

काठमाडौंको मूल्य वृद्धिदर बढी
केन्द्रीय बैंकको तथ्यांकले काठमाडौंको मूल्य वृद्धिदर सबैभन्दा बढी छ । मूल्य वृद्धि भने हिमाली क्षेत्रमा बढी देखिएको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै मूल्य वृद्धि हिमाली क्षेत्रमा ६.१ प्रतिशत र सबैभन्दा कम तराई क्षेत्रमा ४।९ प्रतिशत रहेको छ । अघिल्ला वर्ष हिमालको मूल्य वृद्धि ६.३ र तराईको ४ प्रतिशत रहेको थियो । काठमाडौं उपत्यकाको मूल्य वृद्धि ६.०५ प्रतिशत रहेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २।७५ प्रतिशतले बढी हो । त्यस्तै, पहाडी क्षेत्रको मूल्य वृद्धि ०.७ बिन्दु प्रतिशतले बढेर ५ प्रतिशत पुगेको छ ।

बाह्य क्षेत्र अझै कमजोर
समीक्षा अवधिमा पनि मुलुकको बाह्य क्षेत्र कमजोर नै देखिएको छ । वस्तु व्यापार घाटा १९।७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । खुद सेवा आय ९ अर्ब ४६ करोडले घाटामा छ । पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी क्रमशः ४७ करोड र ६ अर्ब ४ करोडले घटेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रहेको छ । यद्यपि, रेमिट्यान्स आय भने १९।६ प्रतिशतले वृद्धि भई ७ खर्ब २५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो । बाह्य क्षेत्र कमजोर भएका कारण समग्र शोधानान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies