Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकाे मृत्यु संख्या एक दशकमै ७,३०४ पुग्याे

काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्।

आर्थिक वर्ष ०६६र६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ। त्यसमा २१ जना महिला थिए।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने बताए। यसका लागि सरकारले द्विपक्षीय श्रम सम्झौता गरेरमात्र कामदार पठाउनुपर्ने उनको भनाइ छ।

वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ देखि ३ जनाको शव आउने गरेको छ। कतिपय उतै दाहसंस्कार गर्ने चलन पनि छ। श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्।

अवैध रूपमा काम गरेर बस्नेको मृत्यु भएमा सहायता दिन कठिन हुने श्रेष्ठ बताउँछन्। वैदेशिक रोजगारीमा रहेका कामदारले खानपान, आराम तथा कार्यस्थलमा अपनाउने सुरक्षा सचेतना हुनसके वैदेशिक रोजगारीमा हुने मृत्यु रोक्न सकिने श्रेष्ठले बताए। आउँदो साउनदेखि पूर्वप्रस्थान अभिमुखीकरण कार्यक्रममा व्यापक सुधार गर्न लागेको उनको भनाइ छ। ‘हामीले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, कसरी स्वस्थ रहने गरी तालिम दिने तयारी गरेका छौं’, उनले भने।

कतिपयले भने पारिवारिक मनमुटाव, चर्को ऋण, श्रमसम्झौताअनुसार सेवासुविधा नपाउनुका कारण आत्महत्या बढेको अनुमान छ। वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक पहिचान गर्न २०७४ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा।डा। केदार बरालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको थियो। मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु ९सडेन डेथ० र कतारमा मुटुको कारण मृत्यु ९कार्डियाक डेथ० हुने गरेको कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। तर उक्त कार्यदलले पनि वैदेशिक रोजगारीमा वास्तविक मृत्युको कारण र रहस्य पत्ता लगाउन सकेन।

श्रमविज्ञ गणेशमान गुरुङले श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्नसके मात्र वास्तविक तथ्य पत्ता लाग्ने बताए। यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ। चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको छ। दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राति एसीमा सुत्ने कारण पनि बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको उनको बुझाइ छ। केहीले कमसल रक्सी खानाले पनि मृत्यु हुने गरेको गुरुङले बताए।

बोर्डले मृत्यु भएका कामदारलाई एक अर्ब ९५ करोड ८२ लाख ५४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। चालू आवको जेठसम्म ४४ करोड २७ लाख ५० हजार, आव २०७४र७५ मा ४५ करोड ६५ लाख, आव २०७३र७४ मा २२ करोड ६३ लाख, आव २०७२र७३ मा २२ करोड ३१ लाख ५० हजार आर्थिक सहायता दिएको छ।

यस्तै २०७१र७२ मा २१ करोड ७४ लाख ४० हजार, २०७०र७१ मा १२ करोड ६ लाख, २०६९र७० मा ९७ करोड ९३ लाख, २०६८र६९ मा ७ करोड ७३ लाख, २०६७र६८ मा ४ करोड ९५ लाख र आव २०६६र६७ मा ३८ करोड ९७ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक दशक अवधिमा अंगभंग र बिरामी भएका एक हजार ४७३ जनालाई २२ करोड १० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies