Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तीव्र असन्तुष्टी पोख्दै जर्नादनले भने : रुकुमको बजेट प्रधानमन्त्रीको जिल्लामा हालियोस्

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा सांसद जर्नादन शर्माले बजेट विनियोजन प्रति तीव्र असन्तुष्टी व्यक्त गरेका छन् । बुधबार संसदमा विनियोजित बजेटबारे धारणा राख्दै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा तीव्र असन्तुष्टि जनाएका हुन् ।

उनले भौतिक पूर्वाधारको क्षेत्रमा रुकुमको लागि छुट्याइएको बजेटलाई रकमान्तर गरि प्रधानमन्त्री ओलीको जिल्ला झापामा हाल्न सुझाएका छन् । ‘२ चालिस लेखेको छ । करोड हो कि लाख हो । त्यो म जान्दिन । २ करोड ४० लाख भएपनि, २ लाख ४० हजार भएपनि म मन्त्री ज्यूलाई विशेष आग्रह गर्न चाहन्छु ।’ शर्माले भने, ‘सभामुख महोदय, म प्रस्ताव पेश गर्न चाहन्छु, यो रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’

शर्माले भौतिक पूर्वाधार मन्त्रीलाई पनि केहि प्रतिशत जनकपुरमा बजेट हाल्न पनि सुझाएका छन् । उनले बजेटको शिर्षकलाई रुकुमबाट हटाउन आग्रह गरे । ‘यो शिर्षक रुकुमबाट हटाईयोस् । मन्त्रीले दुःख मान्नुहुन्छ भने यसले झापा मात्रै भन्यो भन्नुहुन्छ भने, थोरै जनकपुरमा पनि केहि प्रतिशत छुट्याउनु भए हुन्छ त्यसैबाट । मेरो यहि सुझाव छ ।’

युवा विदेश पठाएर छाती फुलाउने काम भयाे
नेता जनार्दन शर्माले विदेशमा युवाहरुलाई पठाएर छाती फुलाउने अवस्था बन्दा आफुँ दुःखी भएको बताएका छन् । संसदमा बोल्दै शर्माले आन्तरिक रोजगारी सिर्जना तर्फ केन्द्रित नभई विदेश पठाउन सरकार उद्धत रहेको आरोप लगाए । उनले नयाँ उद्योगधन्दा खुलाउने, रोजगारी सिर्जना गर्ने र देश आत्मनिर्भर बनाउने तर्फ सरकारले ध्यान नदिएको बताए ।

शर्माले सरकारले ल्याएको बजेटका कारण आफुँ दुःखी भएको बताएका छन् । ‘देशमा नयाँ–नयाँ उद्योगहरु स्थापना होलान् । हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला । र, सबै ठाउँमा त्यो खालको कार्यक्रम चल्ला र रोजगारी होला भन्ने मैंले आशा गरेको थिएँ । तर अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने जो अवस्था छ, त्यसले देशको शिर निहुरिएको छ । म दुःखी छु ।’ शर्माले यसरी मुलुक समृद्ध नहुने तर्क गरे ।

रुकुमका जनतालाई अध्यारोबाट मुक्त गर्न सकिन
आफुँले लोडसेडिङ्ग अन्त्य गर्दा सजायँ पाएको भन्दै शर्माले आफ्नो जिल्लालाई उज्यालो बनाउन आफुँ असमर्थ बनेको बताएका छन् । जनताले आफूँलाई फेरि पनि अध्याँरोमा बस्नुपर्ने भयो भनि दुःखेसो पोखेको शर्माले उल्लेख गरे । ‘मेरो जिल्लाका मान्छेहरुले मलाई भने–‘गत वर्ष त भूल भएछ भनिस् यो वर्ष के भो ? फेरि पनि अध्याँरामा बस्नुपर्ने भो !’ त्यसको लागि पनि मन्त्री जिलाई धन्यवाद भन्न चाहन्छु ।’

उर्जा मन्त्रालयको बजेट विनियोजन प्रति असन्तुष्टी व्यक्त गर्दै शर्माले रुकुमको लागि छुट्याएको पैसा अन्यत्र रकमान्तर गर्न आग्रह गरेका छन् । ‘गत वर्ष त बजेट काटियो काटियो, अहिले पनि २ करोड जति रैछ ।’ शर्माले अघि भने, ‘मन्त्री ज्यू, अन्यत्र २ करोड छ भने त्यहाँ थपेर ४ करोड बनाईदिए हुन्छ । त्यहाँ योजना पुरा होला । तर त्यहाँ २ करोडले केहि पनि बन्दैन् ।’

बजेट नेतामुखी भयो
नेता शर्माले बजेट पुरै नेतामुखी मात्रै भएको आरोप लगाएका छन् । उनले बजेटले संघीयताको मर्मलाई पुरै लत्याएको बताए । ‘मलाई लागेको थियो, संघीयता भएपछि सन्तुलित विकास होला । पछि परेका क्षेत्रले पाउलान् । उत्पादन क्षेत्रहरुले त्यहि खालको प्राथमिक पाउलान भन्ने लागेको थियो ।’ शर्माले अघि भने, ‘केन्द्रिकृत रुपमा र नेतामुखी जो बजेट बनाईयो यसप्रति दुःख व्यक्त गर्न चाहन्छु ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies