Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सरकारप्रति सत्तापक्षकै सांसदहरुको यस्तो आक्रोश, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बूढीगण्डकी र पश्चिम सेतीजस्ता ठूला र बहुउद्देश्यीय आयोजना तत्काल अगाडि बढाई राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराइएको छ । दुवै आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । पश्चिम सेती जलविद्युत् आयोजना लामो समयदेखि अलपत्र छ । लगानी बोर्डले संयोजन गरिरहेको सो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजले छाडे पनि कुन ढाँचामा अगाडि बढाउने भन्नेबारेमा कुनै निर्णय हुन सकेको छैन ।

बोर्डले आयोजनाको उपयुक्त ढाँचा तय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन तयार पारे पनि लगानीको ढाँचाका बारेमा उपयुक्त निर्णय भएको छैन ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजनाको उपयुक्त ढाँचा खोजी गरी निर्माण प्रक्रिया शुरु गर्ने तयारीमा सरकार छ । कतारको एक कम्पनीले आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरे पनि थप प्रक्रिया अगाडि नबढेका सन्दर्भमा नेकपाका प्रेमबहादुर आलेले प्रतिनिधिसभाको आजको बैठकमा भन्नुभयो “ तत्काल पश्चिम सेती जलविद्युत् आयोजना शुरु गर्नुपर्छ । यसले प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्छ ।”

सांसद आलेले विद्युत् सङ्कट समाधानका लागि भारतबाट करीब रु १९ अर्ब बराबरको विद्युत् आयात भइरहेका सन्दर्भमा बूढीगण्डकी जलविद्युत् आयोजना तत्काल निर्माण शुरु गर्न आग्रह गरे । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा उपलब्ध विद्युत् क्षमता बराबर नै एउटै आयोजना बूढीगण्डकी भएकाले तत्काल मुआब्जा वितरण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

बूढीगण्डकी जलविद्युत् आयोजना बहुउद्देश्यीय आयोजना भएकाले तत्काल शुरु गर्दा त्यसले राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभव पार्नेछ भन्दै उनले कुनै पनि अर्थमा ढिलाइ नगर्न आग्रह गरे ।

सांसद सत्यनारायण खनालले बूढीगण्डकी बहुउद्देश्यीय आयोजनाका लागि कम बजेट विनियोजन गरिएकामा गुनासो गर्नुभयो । स्थानीयवासी आयोजना अगाडि बढाउन सकारात्मक भए पनि सरकारले नै ढिलाइ गरेको भनी उहाँले आपत्ति जनाउनुभयो । आयोजना प्रतिस्पर्धामा दिन सकिएको भए सस्तोमा नै निर्माण हुन सक्ने भए पनि सरकारले विनाप्रतिस्पर्धा दिएर कमजोरी गरेको सांसद खनालको भनाइ थियो ।

पूर्व ऊर्जामन्त्रीसमेत रहनुभएका नेकपाका राधाकुमारी ज्ञवालीले बूढीगण्डकी आयोजनामा भइरहेको ढिलाइप्रति गुनासो गरे । उनले भने “ बूढीगण्डकी आयोजना यतिखेर धेरै अगाडि बढिसकेको हुनुपर्ने थियो तर आयोजनामा बजेट नै छैन ।” उहाँले विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको आयोजनालाई अगाडि बढाउन अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउन कन्जुस्याइँ गर्न नहुने बताए ।

सत्तापक्षकै आक्रोश
सामान्यता सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०७६’ मा समर्थन गर्ने प्रचलन हुन्छ तर प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षकै सांसदले ‘ श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय’को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै त्यसको विरोध गर्नुभयो । नेकपाका जनार्दन शर्माले सरकारले पश्चिम रुकुमलाई उपेक्षा गरेको बताए । उनले बजेट विनियोजन प्रक्रिया नै गलत भएको तथा कुनै जिल्लामा बढी बजेट र कुनै जिल्लामा कम बजेट विनियोजन गरेर असमान व्यवहार गरिएको भनी आपत्ति जनाए ।

नेकपाकै राजेन्द्रप्रसाद गौतमले पनि आफ्नो जिल्लामा बजेट नपरेकामा गुनासो गर्दै हिमाली जिल्लालाई किन उपेक्षा गरिएको हो भनी प्रश्न गरे । यस्तै नेकपाका गणेशकुमार पहाडीले योजना छनोट प्रक्रिया नै गलत भएकाले प्रभावकारी रुपमा काम हुन नसकेको बताए। उनले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies