Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अलमलमा परेको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने

काठमाडौं । पार्टी एकिकरण पछि निकै महत्वको रुपमा हेरिएको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने भएको छ । पार्टीका अध्यक्षद्धय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफलले पार्टीको राजनीति प्रतिवेदन प्रकाशित गर्ने निर्णय गरेको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

सचिवायल वैठकबाट पारित भईसकेको राजनीतिक प्रतिवेदन नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीको अनइच्छाले गर्दा सार्वजनिक हुन सकेको थिएन् । पार्टी सचिवालयबाट पटक–पटक प्रतिवेदन प्रकाशित गर्न माग गरेपनि ओलीले ताँथी राख्दै आएका थिए । प्रतिवेदनको अभावमा पार्टीको प्रशिक्षण तथा राजनीतिक गतिविधिमै पनि समस्या परेको थियो ।

के छ त नेकपाको राजनीतिक प्रतिवेदनमा ?
पार्टी एकता भएको करिब १ वर्षपछि प्रकाशित गरिन लागेको नेकपाको राजनीतिक प्रतिवेदनमा पार्टीले लिने राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीतिलाई स्पष्ट गरिएको छ । प्रतिवेदनमा तत्कालिन नेकपा एमालेले स्वीकार गरेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालिन माओवादीले लिएको ‘२१ औं शताब्दीको जनवाद’लाई थाँती राखी ‘जनताको जनवाद’ लागु हुने कुरा उल्लेख छ ।

अन्तरिम राजनीतिक प्रतिवेदनमा मुख्य कार्यदिशाको रुपमा क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण तर्फ अगाडि बढ्ने उल्लेख छ । यसका लागि राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धिको लक्ष्य अघि सारिएको छ । भूमण्डलीकृत साम्राज्यवादसँग संघर्ष गरेर अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाएसम्म राष्ट्रिय पुँजीवादको विकास गर्न नसकिने निष्कर्षसहित समाजवादउन्मुख राष्ट्रिय पुँजीवादको विकास र सामाजिक न्यायसहितको समृद्धि तात्कालिक दिशा, कार्यभार र लक्ष्य हुने प्रतिवेदनमा उल्लेख छ ।

संविधानको कार्यान्वयन गर्दै शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत सरकार निर्माण गरि राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा गर्दै समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग गर्ने कुरा उल्लेख छ । प्रतिवेदनमा सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माणलाई नै मूल राजनीतिक कार्यनीति बनाइएको छ ।

‘यो मूल राजनीतिक कार्यनीति तत्कालै फेरबदल हुने सामान्य कार्यनीति होइन । यसले सापेक्ष रूपमा लामो अवधिसम्म हाम्रो समाज, राजनीति र वर्गसंघर्षलाई दिशा निर्देशित गर्नेछ ।’ प्रतिवेदनमा लेखिएको छ, ‘उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी औद्योगिकीकरण, समृद्धि र समाजवादको भौतिक आधार तयार नभएसम्म समाजवादमा रूपान्तरण गर्ने वा समाजवादी कार्यक्रम लागू हुन सक्ने स्थिति बन्दैन ।’

प्रतिवेदनमा रणनीतिक लक्ष्यको रुपमा समाजवादी क्रान्ती गर्ने र शान्तीपूर्ण रुपकै संघर्ष गर्ने उल्लेख छ । शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढ्ने नीतिले बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन, संसद् र सरकारलाई संघर्षको मुख्य मोर्चाका रूपमा लिने कुरा स्पष्ट स्पष्ट रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केहिदिनमै बाँकी काम टुंगीने
नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओली निरन्तर विदेश भ्रमणको कारण पार्टीको सचिवालय वैठक पनि नियमित बस्न सकेको छैन् । आज अध्यक्षद्धय बीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी एकताका बाँकी विषयलाई टुंग्याउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ । अध्यक्षद्धयबीच भएको विशेष छलफलले थाँती सचिवालय वैठक शुक्रबार बसाल्ने र एकताका बाँकी काम टुंग्याउने निर्णय गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies