Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

को हुन् कूटनीतिका पिता चाणक्य ? पढौं चाणक्यको सनसनीपूर्ण जीवनी

काठमाडौं । राजनीतिमा के मात्रै हुँदैन ? पद र शक्तिको लागि आफ्ना दाजुभाइ समेत नभनिने राजनीतिमा आचार्य चाणक्य जस्ता कूटील राजनीतिज्ञको पनि हार भएको कुरा केही शास्त्रहरुमा भेटिने गरेको छ ।

अर्थशास्त्रका पिता, नीति शास्त्रका पारंगत एवं पूर्वीय दर्शन एवं वाङ्मयका एक धुरन्धर विद्वान चाणक्यको जन्म इशापूर्व ३ सय ७१ मा जन्मिएका चाणक्यको निधन भने इशापूर्व २ सय ८२ मा भएको थियो । चाणक्यले आफ्नो जीवनकालमा मुद्रा राक्षस, बृहत्कथाकोश, वायु पुराण, मत्स्य पुराण, विष्णु पुराण बौद्ध ग्रन्थ महाभाष्य, जैन पुराण आदि कृतिहरुको रचना गरेका थिए ।

पूर्वीय वाङ्मयको इतिहासमा आचार्य चाणक्यको नाम स्वर्णिम अक्षरमा लेखिएको छ । चाणक्य एक कुशल राजनीतिज्ञ मात्रै होईनन्, शिक्षक, धर्माचार्य र कुशल अर्थशास्त्री पनि थिए ।

यस्ता आचार्य चाणक्यको जीवनी त जताततै पाईने गरेको छ । जीवनीको विषयमा त धेरैले धेरै कुरा सुनिसकेको हुनुपर्छ । तर, उनको मृत्यु कसरी भयो भन्ने सवालमा भने कतैपनि उल्लेख भएको पाईँदैन । काहीँकतै उल्लेख भएपनि यसमा एकमत भने रहेको छैन ।

उनले वाल्यावस्थामा नै कामसूत्र भन्ने किताव पनि लेखेका थिए भन्ने विश्वास छ । आचार्य चाणक्यलाई उनका पिता चणकले नै कौटिल्य नाम राखिदिएका थिए । उनको अहिले कतै चाणक्य, कौटिल्य, विष्णुगुप्त लगायतका नामबाट हामी उनलाई चिन्न सक्दछौं ।

कसैले भन्छन् आचार्य चाणक्य आफ्नो सबै काम पूरा गरिसकेपछि आफूखुशी जंगलतिर गएका थिए र जंगलमा तपस्या गर्न गएका चाणक्य फिर्ता भएनन् । यो एकाथरीको मत हो भने अर्कोथरीले मगधकी रानी हेलेनाले वीष खुवाएर उनलाई मारेको भन्ने कुरा पनि चर्चामा ल्याएका छन् । तर यसको यथार्थ बुझ्नको लागि भने इतिहासको पाना फेरि एकपटक पल्टाउनुपर्ने देखिन्छ ।

चाणक्यको मृत्युबारे फरक-फरक मत

एउटा चर्चा राजा चन्द्रगुप्तको निधन भएपछि आचार्य विधिका अनुसार राजा विन्दूसारले सहजै राज्य प्राप्त गर्न सफल भएका थिए । उनी जन्मने वित्तिकै आमाको निधन भएकोले उनलाई आफ्नी आमाको हत्याको विषयमा कसले र किन मारेको भन्ने थाहा थिएन ।

जब उनी राजा भए त्यसपछि उनका मन्त्री सुबन्धुले चाणक्य विरूद्ध कडा षड्यन्त्र रच्न थाले । सुबन्धु पहिलेदेखि नै चाणक्यका खरो आलोचक तथा विरोधी थिए । उनले विस्तारै विस्तारै उनको माताको हत्या आचार्य चाणक्यले गरेको आरोप लगाएर राजा विन्दूसारलाई कान फुक्न थाले ।

यसरी सुवन्धुले कान फुक्न थालेपछि विस्तारै राजा विन्दूसार र चाणक्यकोबीचमा भने दूरी बढ्न थाल्यो । हुँदाहुँदै स्थिती यस्तो भयो कि चाणक्य राजकाज छाडेर जंगलतिर हिँड्न नै बाध्य भए । जब चाणक्य सबै काम छाडेर जंगलतर्फ लागे, पछि एक भारदारले राजा विन्दूसारलाई नयाँ कहानी बताईदिएका थिए कि चाणक्यले उनकी आमालाई मारेको भन्ने कहानी के हो भनेर ।

उनले सधैंभरी चन्द्रगुप्तको दानामा चाणक्यले मन्दमन्द मात्रामा बीष हालिदिने गरेका थिए । यसको मतलब थियो कि अरुले षड्यन्त्र गरेर वीष खुवाएको खण्डमा पनि चन्द्रगुप्तलाई केही नहोस् । त्यही रितक्रम चल्दै जाँदै थियो । यस विषयमा न त राजा चन्द्रगुप्त जानकार थिए न त उनको परिवार नै ।

अन्जानकै भरमा एकदिन चन्द्रगुप्तको लागि बनाएको खाना उनकी पत्नीले खाईन् र त्यसैको असरले उनको ज्यान गयो । उनी मृत्युहुने बेलामा गर्भवती थिईन् । उनको मृत्युको कुरा सुन्नासाथ आचार्य चाणक्यले तत्कालै गएर चन्द्रगुप्तकी पत्नीको पेटमा रहेको बच्चा निकालेका थिए । जसले आचार्य परम्परा अनुसार राजकाज गर्नको लागि बाटो खुलाईदिएको थियो ।

यसत भन्दै ती भारदारले विन्दूसारलाई चाणक्य नभएको भए तिमी राजा बन्ने नै थिएनौं भनेपछि राजा विन्दूसार चाणक्यलाई फिर्ता दिन गएका थिए । तर, चाणक्यले फिर्ता हुँन नमानी जंगलमा नै आत्महत्या गरेको कहानी एकापक्षले सुनाउने गरेको छ । उता, अर्को पक्ष भने चाणक्यलाई जिउँदै आगो लगाईएको थियो भन्ने विषयमा तर्क गर्छ । यस विषयमा कतिपय चलचित्र पनि निर्माण भईसकेको छ ।

राजा विन्दूसारका मन्त्री सुबन्धु आचार्य चाणक्यलाई देखिसहँदैन थिए । चाणक्यको निधनहुनुभन्दा केही पहिले उनी जसरी पनि चाणक्यलाई सिध्याउने खेलमा लागेका थिए । त्यही षड्यन्त्रको क्रममा एकदिन उनी बस्नेगरेको कोठामा आगो लगाएर चाणक्यलाई मार्न सफल भएको भनेर पनि टिप्पणी हुने गरेको छ ।

जे जशो भएपनि विश्व प्रख्यात आचार्य चाणक्यको पनि निधन भने सुख पूर्वक हुन सकेन भन्न सकिने आधार भने दुबै पक्षको तर्कबाट गर्न सकिन्छ । कुन् पक्षको कुरा सही हो भन्ने सवालमा भने आधिकारिक अध्ययन पछि मात्रै बताउन सकिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies