Khabar Dabali Logo
  July 20, Sat

उफ् गर्मी

रुपन्देही । अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्र्मचारी र मजदुरसमेत प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार भैरहवाको तापक्रम यो वर्षकै धेरै ४३.३ डिग्री मापन गरिएको थियो । आइतबार ४१.७ र सोमबार सोही हाराहारीमै तापक्रम रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । पश्चिमी वायु नजिकिएका कारण तापक्रम केही घटेको उनको भनाइ छ । देशका केही भू–भागमा छिटपुट वर्षा भए पनि यस क्षेत्रमा बुधबारदेखि मात्रै वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताइन् ।

गर्मी बढेपछि रुपन्देहीका स्थानीय तहका निजी तथा सामुदायिक विद्यालय बन्द छन् । सिद्धार्थनगर, तिलोत्तमा, सैनामैनालगायतका नगरपालिकाले सूचना जारी गरी एक साताका लागि विद्यालय बन्द भएको जानकारी गराएका हुन् । बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय पनि चार दिनका लागि बन्द भएका छन् । उपसचिव मित्रमणि खनालले सूचना जारी गरी सोमबारदेखि चार दिनसम्मका लागि विद्यालय बन्द गरिएको जानकारी गराएका छन् । गर्मीले विद्यालयमा बालबालिका बेहोस हुन थालेपछि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सामाजिक एकाइ प्रमुख दयासागर पन्थीका अनुसार अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, जलवियोजनलगायतका बिरामीको सङ्ख्या बढ्दै गएको उनले बताए । बुटवलका निजी अस्पतालमा समेत बिरामीको भीड छ । गर्मी बढी भएका कारण पानीको मात्रा कम हुने समस्या भएकाले सजग रहन अस्पतालले अनुरोध गरेको छ । शरीरमा घमौरा आउने तथा विभिन्न छालाजन्य रोग लाग्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।

असार ३ गते, २०७६ - ११:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

संसारको सबैभन्दा सुन्दर कुरा प्रेम, जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । प्रेम बिनाको...   
अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

काठमाडौ । सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि...   

भक्तपुरमा छतबाट खसेर सूर्यलाल भूमीको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको...   
दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

परासी । सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण...   

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि...   

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै...   
शुरु भयाे साउन : हरियो चुरा र पोतेको बिक्री तीव्र

शुरु भयाे साउन : हरियो चुरा र पोतेको बिक्री तीव्र

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको...   

बाढीबाट ८१ लाखको बिरुवा नष्ट

गौशाला । अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट...   

नवलपरासीमा सर्पको डसाइबाट एकको मृत्यु

कावासोती । नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७,...   
दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

रोल्पा। शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top