Khabar Dabali Logo
  January 23, Thu

पहिरोले ताप्लेजुङमा तीन दिनदेखि सडक अवरुद्ध हुदाँ यात्रु मारमा

ताप्लेजु। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ।

पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन सिनामसम्म मात्रै पुग्ने गरेका छन् भने यहाँबाट बाहिरिने सवारीसाधनसमेत सिनामबाटै चल्ने गरेका छन् । आम्बेगुदिनको हप्पुखोला, सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारीसाधन जान नसकेपछि यात्रुलाई गाडी भेट्न घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ ।

तेल्लोकबाट सिनाम आइपुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ । साविकका याम्फुदिन, मामाङ्खे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ ।

सधैँ घरबाट हिँडेकै दिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोलिपल्ट मात्रै गाडी छुट्ने गरेको स्थानीयवासीले बताएका छन् । तीनदेखि बाटो अवरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयवासीले बताएका छन् ।

यता गत वर्षसमेत सोही ठाउँमै झरेको पहिरो पन्छाउन झण्डै रु पाँच लाख बढी खर्च गरेको सिरिजङ्घा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ । दिनहुँजसो ठूलो वर्षा भइरहेकाले र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । सो क्षेत्रमा तीनदेखि निरन्तरजसो वर्षा भइरहेको छ ।

उनका अनुसार वर्षा कम भएपछि प्रयास गरिने छ । तर ठूलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम भएको गुरुङको भनाइ छ । भौगोलिक हिसाबले यहाँको सडक दिगोसमेत नभएको उनले बताए । वर्षेनी पहिरो झरिरहने समस्या भएपछि अन्तैबाट बाटो घुमाउनुपर्ने देखिएको गुरुङले बताए ।
रासस

असार ३ गते, २०७६ - १०:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला जलविद्युत् आयोजनामा सरकारको प्राथमिकता

काभ्रे । ऊर्जामन्त्री वर्षमान पुनले सरकारले अब ठूला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिने...   

उखु किसानको पैसा नतिर्ने तीन उद्योगको बैंक खाता रोक्का

काठमाडौं । सरकारले किसानलाई उखुको रकम भुक्तानी नदिने तीन चिनी उद्योगका बैंक खाता रोक्का गर्ने निर्णय...   

सरकारमा जान राजपाको सर्त

काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रालय...   
सभापति देउवा र नेता पौडेलबीच सकारात्मक छलफल

सभापति देउवा र नेता पौडेलबीच सकारात्मक छलफल

काठमाडौं । नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ...   

छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

भक्तपुर । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ...   

मानव तस्करीको नयाँ रूटस: उड्छन् बाकु, पुग्छन् दुबई

काठमाडौं । मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन्। पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर...   
पौडेल हत्या प्रकरण: म्याद गुज्रिसक्दा पनि किन भएन कारबाही ?

पौडेल हत्या प्रकरण: म्याद गुज्रिसक्दा पनि किन भएन कारबाही ?

काठमाडौं । विप्लव नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी नियन्त्रणमा लिएर...   
खुम्च्याइँदै अख्तियारको क्षेत्राधिकार

खुम्च्याइँदै अख्तियारको क्षेत्राधिकार

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक आयोगलाई थप संकुचित बनाउने गरी सरकारले दुई...   

सरकारले अघि बढायो अमेरिकाको एमसीसी

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर अनुदान...   
अवैध क्रसर सञ्चालकले किन दिए बाघवीर डाँडाका स्थानीयलाई धम्की ?

अवैध क्रसर सञ्चालकले किन दिए बाघवीर डाँडाका स्थानीयलाई धम्की ?

काभ्रे । गाउँ नै उठिबास लगाएको विषयमा उजुरी गरेको भन्दै अवैध क्रसर सञ्चालकले पनौती–२ बाघवीर डाँडाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top