Khabar Dabali Logo
  October 22, Tue

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ। पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए।

मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो।

नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए।

प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझ खोजी गरेका थिए। तर लाहिरी भेटिएनन्। एक अधिकारीले हिन्दूस्तान टाइम्स पत्रिकालाई बताएअनुसार शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न सकिँदैन।

एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए। जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बीबीसीलाई बताए।

उनी भन्छन्, “मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ। उनी हाँसे र भने – मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दु:खान्त हुन्छ।”

ती जादुगरले मानिसहरूमा “जादुप्रति रुचि जगाउन” त्यसो गर्न खोजेको शलाई बताएका थिए। पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन।

बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो। त्यतिबेला उनी सकुशल बाहिर आएका थिए। शले त्यो जादु पनि हेरेका थिए। “उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ,” उनले भने। बिबिसिबाट

असार २ गते, २०७६ - २०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

काठमाडौं । दशैंको अवसरमा नेपाल प्रहरीले सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । ती बस...   
राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

काठमाडौं । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा...   

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१०...   

भर्याङबाट धकेलेर आफ्नै भाईको हत्या

भक्तपुर । भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...   

दुई तिहाइ सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएकाे छः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट...   

नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।  काभ्रे र सिन्धुलीको...   
विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । मोरङमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  भण्डारण गरेर राखेको विष्फोटक पदार्थ...   
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क...   
नगरपालिकाकाे लापरबाहीका कारण  ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

नगरपालिकाकाे लापरबाहीका कारण ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ...   
बँदेलको आक्रमणबाट चारजना घाइते

बँदेलको आक्रमणबाट चारजना घाइते

कञ्चनपुुर । जङ्गली बँदेलको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top