Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अर्थतन्त्रमा छाडापन हाबी: नेता शर्मा

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद जनार्दन शर्माले अर्थतन्त्रमा छाडापन हाबी भएको बताएका छन्। बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले विश्वव्यापीकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । उनले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गरेका छन् ।

उनले सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गरे । उनले प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गरी प्रविधिको विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गरे ।
फ्रिक्वईन्सी बाँडफाँडबारे समय–समयमा चर्चा हुने गरेको भन्दै उनले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिए । उनले असंलग्न परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

असंलग्न परराष्ट्रनीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उनले सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क गरे। कतै पनि नढल्किईकन दृढतापूर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उनले जोड दिए । विभिन्न देशका लागि नियुक्त गरिएका राजदुतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गरे ।

नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने, “नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयो । यसको बारेमा परराष्ट्रले के गर्यो खै ? हामीले केही जानकारी पाएनौँ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौ कसलाई हामी के गर्छौं भनेर भन्न पाइन्छ कि पाइँदैन ? यसको बारेमा के गर्यो परराष्ट्रले जनताले थाहा पाउनुपर्दैन त्यो कुरा ?” नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उनले विदेशी कुटनितिकज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies