Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खानेपानी विदेश निर्यातका लागि सरकारकाे गृहकार्य तीव्र

काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो ।

विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका क्रममा १३ वटा क्षेत्रमा यस्तो सम्भाव्यता देखिएको विभागका महानिर्देशक सुनिल दासले बताए।
हिमालबाट बग्दै आएको पानीलाई हिमाली क्षेत्रमा नै भरेर विदेश पठाउने योजना रहेको उनले सुनाए । यो काम गर्न सकिए नेपालको ब्यापार घाटा घटाउन मद्धत पुग्ने उनको दावी छ ।

विज्ञहरुसँग सुझावका आधारमा विभिन्न हिमाली तथा पहाडी क्षेत्रका गाउँपालिकाहरुमा त्यस्तो पानी उत्पादन गर्ने उद्योग खोल्न सकिने उनको भनाइ छ । दासले भने, ‘पहिचान भएका क्षेत्रको उद्योग खोल्न गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन चाँडै सुरु गर्छौं । अध्ययन सकिएपछि निजी क्षेत्रलाई सम्भावित स्थानमा लगानी गर्न प्रोत्साहित गरिन्छ ।’

हाल अजेयराज सुमार्गी स्वामित्वको ‘हिमालय वन–टप’ कम्पनीले रसुवाबाट उत्पादित पानी विदेश निर्यात गरिरहेको छ । यो कम्पनीले लाङटाङ क्षेत्रको पानीलाई सामान्य प्रशोधन गरेर युरोप पठाउँछ । हिमाली क्षेत्रको पानी विदेशका तारे होटलहरुमा धेरै खोजिन्छ ।

हाल विभागले गरेको अध्ययनमा हिमाली क्षेत्रमा यस्ता पानी उद्योग खोल्न उपयुक्त मुहानहरु भेटिएको छ । कन्चन्जंगा, सगरमाथा, अपी, लाङटाङ, अन्नपूर्ण लगायतका हिमश्रृंखला र संरक्षण क्षेत्रभित्र यस्तो पानी उद्योगको प्लान्ट लगाउन सकिने देखिएको छ ।

यस्ता क्षेत्रहरुमा उद्योगका लागि पहुँचमार्ग र्पुयाउन भने कठिन हुने देखिएको महानिर्देशक दासले बताए । ‘अब स्थलगत अध्ययनबाट थप विषयहरु पत्ता लाग्छन्, अवसर र चुनौती के–के छन् भन्ने कुरा प्रस्तावित स्थलहरुमा गएर हेरेपछि नै भन्न सकिन्छ,’ उनले भने ।

उनले नेपालको हिमालय क्षेत्रको पानी विदेश निर्यात गर्नेबारे नीतिगत व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय भइरहेको बताए । उनले भने, ‘हामीले अध्ययन गरेपछि निजी क्षेत्रलाई यो काममा प्रोत्साहित गर्छौं। अहिले पनि निजी क्षेत्रका अनुभवी उद्योगीसँग हामी छलफलमा र्छौं । यसमा निजी क्षेत्रको लगानी आवश्यक हुन्छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि ब्यापार घाटा घटाउन यसलाई एउटा रणनीतिक योजनामा रुपमा अघि सारेको छ । उसले तयार गरेको व्यापार घाटा न्यूनीकरण रणनीतिमा हिमाली क्षेत्रको पानीलाई निर्यात प्रवर्द्धन गर्न सकिने वस्तुको सूचीमा राखेको छ ।

हाल नेपालमा आयात भइरहेको प्रसोधित पानीलाई रोक्दै नेपालमै सोही गुणस्तरको पानी उत्पादन गर्ने लक्ष्य पनि लिइएको छ । यस्तो पानीलाई विदेशी बजारसम्म निर्यात गर्न सहुलियत र सहजीकरण गर्ने नीति बाणिज्य मन्त्रालयको छ । खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न विधेयकमा पनि पानीलाई बिजुली जस्तै निर्यात गर्न सकिने उल्लेख छ ।

नेपालको हिमाली क्षेत्रको पानी आयात गर्न खाडी देशहरुले बढी चासो देखाएका छन् । यसै विषयमा खानेपानी मन्त्री बिना मगरसँगको छलफलमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलले औपचारिक छलफल नै गरेका थिए ।

नेपालका हिमनदीको पानीलाई कतार लैजाने वातावरण तयार गर्न उनले मन्त्री मगरसँग आग्रह गरेका थिए । राजदूत हेलले नेपालको खानेपानी मानव स्वास्थ्यका लागि निकै लाभदायक रहेकाले आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार तयार गरेर निर्यातको योजना बनाउन मन्त्रालयलाई सुझाव दिएका थिए ।

यसै छलफलपछि मन्त्री मगरले दासको संयोजकत्वमा अध्ययन समिति बनाएकी थिइन् । यसैका आधारमा नेपालमा हिमनदी र प्राकृतिक मुहानहरुको अध्ययन सुरु भएको थियो । यो अध्ययनपछि यस्तो पानी उत्पादन र निर्यातको क्षमतासहित गुणस्तर र सम्भावित मूल्यको प्रराम्भिक आंकलन गर्न सकिने छ ।

योजना अनुसार काम गर्न सके हिमनदीबाट बगेर जाने पानीलाई पैसामा रुपान्तरण गर्न सकिने खानेपानी मन्त्रालयको विश्वास छ । नेपालको हिमाली र पहाडी क्षेत्रका पानीमा मानव स्वास्थ्यमा लागि आवश्यक खनिजतत्वहरु हुन्छन् । त्यसैले विदेशमा यस्तो पानीको माग उच्च रहेको वाणिज्य मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies