Khabar Dabali Logo
  July 19, Fri

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न, कहिलेबाट सञ्चालन हुने

वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।

नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

दक्षिण एशियाको पहिलो क्रसबोर्डरका रुपमा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भई हाइड्रो टेष्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, स्क्यान प्लाष्ट गरेर पाइपमा रहेका खिया हटाएर चिल्लो स्टील बनाउने कार्य शुरु भएको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले राससलाई बताउनुभयो ।

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनःवृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० वटा नयाँ रुख रोपन रु एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।

भारततर्फको मोतीहारीदेखि रक्सौलसम्मको ३२ दशमलव ६५ किलोमिटरसम्म करीब एक महीना पहिले जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ भने नेपालतर्फ पनि रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किलोमिटरको भू–भागमा पाइप ओछ्याउने कामसमेत सम्पन्न भएको छ ।

सो पाइपलाइन सञ्चालन गर्नका लागि नेपाल आयल निगमका इञ्जिनीयर तथा प्राविधिक टोली पाइपलाइन सञ्चालन गर्नेबारे तालीम लिन भारतको लखनउतर्फ गएको बताइएको छ । २४ अगस्ट २०१५ मा नेपाल–भारतबीच सो पाइपलाइनबारे सम्झौता भएको थियो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम हाल सम्पन्न भएको हो ।

भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको २७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकाले यसमा खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुको छ ।

पाइपलाइनबाट इन्धन ल्याउन थाले अहिले ट्याङकर ढुवानी र जनशक्तिमा खर्चिएको रकमबाट वार्षिक एक अर्ब रूपैयाँ जोगिने अनुमान सरकारको छ ।

असार २ गते, २०७६ - १४:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिकाकाे मृत्यु भएको...   

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले...   

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

वासिङ्टन ।अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार...   

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न राप्रपाको जोडदार माग

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित...   

अमेरिकामा बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले...   
खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन...   

यी स्थानहरूमा अझै भारी बर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय...   
यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको...   

गेष्ट हाउसमा २० बर्षीय युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट । रौतहटमा युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ...   
हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top