Khabar Dabali Logo
  October 17, Thu

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

दमास्कस। सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था ९साना० का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो ।

अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरुको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ । अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले नै आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ ।

अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ । यहाँ शनिबार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए ।

अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रुपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो । तर यस सम्झौताको पूर्ण पालना भएको छैन । विद्रोहीहरुले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन् ।

सन् २०११ देखि शुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।एएफपी

असार २ गते, २०७६ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनी । वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय...   
पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको  उद्धार

पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको उद्धार

काठमाडौं । नेदरल्यान्ड्सको रुइनरवोल्डमा रहेको एक फार्महाउसको गोप्य सेलरमा लुकिरहेको एक परिवारलाई...   

काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १...   

सांसदहरू धमाधम पक्राउ परेपछि यसाे भन्छन् डा. बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको...   

वाणिज्य बैंकले ३० जनालाई निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क...   
उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य...   
विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

काठमाडौं । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन...   

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

वासिङटन । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी...   

छिमेकिको खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई...   
फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top