Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गुठी विधेयक तुरुन्त फिर्ता गर : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी विधेयक तुरुन्त फिर्ता गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले विधेयक फिर्ता लिएर वार्ता र संवादको माध्यमबाट निकास खोज्न सरकारलाई सुझाएको छ ।

प्रतिपक्षी कांग्रेसले ‘गुठी विधेयक २०७५’ को विरोधमा भइरहेको सडक आन्दोलनमा आफ्नो समर्थन रहेकोसमेत जनाएको छ । सोमबार संसदमा बोल्दै कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले ‘गुठी विधेयक २०७५’ फिर्ता नलिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी दिए । उनले भने, ‘तत्काल ‘गुठी विधेयक’ फिर्ता लिएर वार्ता र संवादको बाटोमा जाओस भन्ने कांग्रेस जोडदार माग गर्दछ । अन्यथा यसबाट उत्पन्न हुने गम्भिर परिस्थितिका लागि सरकार स्वंय जिम्मेवार हुने तर्फ पनि सरकारलाई सचेत गर्न चाहन्छ ।’

कुटेजस्तो र रोयजस्तो नाटक
कांग्रेस सांसद बडुले सरकारको रवैयाले कुटेजस्तो र रोयजस्तो नाटक पारेको देखिएको आरोप लगाएका छन् । उनले भने, ‘सरकारको प्रधानमन्त्रीले सोंचिनेछ र यस बारेमा विचार गरिनेछ भन्ने सरकारकै प्रवत्ताले सामन्ती अवशेष समाप्त पारि छाडिनेछ भन्ने अभिव्यक्ति सरकारले दोस्रो चरित्र र कुटेजस्तो र रोयजस्तो नाटक स्वीकार्य छैन् । उक्त विधेयक तत्काल फिर्ता गरियोस् ।’

किन होली वाईनको अभिशेकको संस्कृतिलाई प्रतिस्थापन गर्न खोजेको ?
सरकार मौलिक संस्कृति र पहिचानलाई किन समाप्त पार्न खोज्दैछ भनि प्रश्न उब्जेको नेता बडुले संसदमा बताएका छन् । बडुले सरकारले संस्कृतिमाथि गरेको हस्तक्षेपले गम्भिर खालको बहस सिर्जना गरेको बताए ।

‘नेकपाको दुई तिहाईको यो सरकार, नेपाली समाजको यस्तो गौरवपूर्ण मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र होली वाईनको अभिशेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने सर्वत्रा गलत र आत्मघाती बाटोमा किन उद्धत हुँदैछ’, बडुले अघि भने, ‘यस्तो गतिविधिले अत्यन्तै गम्भीर खालको बसह सुरु भएको छ । यो आकृष्टको कारण खोजिंदैछ ।’

सरकार अन्धो अनि बहिरो भयो
कांग्रेसले सरकार अन्धो अनि बहिरो भएको आरोप लगाएको छ । बडुले संसदमा भने, ‘सरकार अन्धो भएको छ । दिनानुदिन बढिरहेको यो आन्दोलनको आकारलाई देखिरहेको छैन् । सरकार बहिरो भएको छ । आन्दोलनमा जनताको आत्माको आवाज सुनिरहेको छैन् ।’

बडुले सरकारले आन्दोलनको मर्म र गम्भिरतालाई बुझ्न नचाहिरहेको आरोप लगाए । ‘बरु सरकार आन्दोलन फगत सरकारको विरोध सम्झेर दमन गर्न खोजिरहेको छ ।’ बडुले भने, ‘अब सरकार दमनको बाटोमा होइन् वार्ता र संवादको बाटोमा जाओस् । तत्काल गुठीसम्बन्धी यो विधेयक फिर्ता लियोस् ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies