Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

...अनि हाँसो गुञ्जिरह्यो

बागलुङ । प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले पे्रक्षालय गुञ्जिन्छ ।

यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए । मज्जाले हाँसे । खुसी हुन सिके । “खुशीको अभिव्यक्ति हाँसो हो”, योगगुरु डा योगी विकासानन्दले भन्नुभयो, “हाँसोले समाज र परिवारलाई जोड्छ ।”

हाँस्ने मान्छेले दुनियाँलाई नियन्त्रण गर्ने उहाँको तर्क छ । “नहाँस्ने मान्छेलाई अरुले नियन्त्रणमा राख्छ”, योगगुरु विकासानन्दले भने । व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मानिसले हाँस्न बिर्सदै गएको उहाँको बुझाइ छ । “मानिसमात्र हाँस्ने प्राणी भएकाले हाँस्न बिर्से मानिस अन्य प्राणीसरह हुन्छ”, उनले भने।

हाँस्दा शरीरमा एक प्रकारको ‘हर्मोन’ उत्पादन हुने र त्यसले तनाव कम गर्ने बताइन्छ । खुलेर हाँस्दा मानिसको पीडा र चिन्ता भाग्छ । फोक्सोमा ताजा हावा पुग्ने हुँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । हाँसोले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने योगगुरु विकासानन्दले बताउनुभयो । स्वस्थ र तनावमुक्त जीवन, व्यवसायमा सफलता, सकारात्मक ऊर्जा र सामाजिक सम्बन्ध विकासमा हाँसोले फाइदा पु¥याउने बताइन्छ ।

बिहीबारदेखि बागलुङ बजारमा शुरु भएको निःशुल्क योग शिविर शनिबार सकियो । सहभागी हाँस्दै बिदा भए । फर्किदाँ योगबारे धेरथोर ज्ञान र सीप लिएर गए । योग शिविरको चाँजोपाँचो मिलाएको हो, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले । मन्त्रालयको ‘स्वस्थ जीवन’ अभियानअन्तर्गत चलेको शिविरमा ४०० भन्दा बढी सहभागी बने । शिविरमा १६ प्रकारका योगासनबारे योगगुरु विकासानन्दले प्रशिक्षण दिनुभयो । नसर्ने रोग र जीवनशैली व्यस्थापनबारेको प्रवचन पनि चल्यो ।

अनुहार होइन, चाल हेर्नुस्

प्रवचनकै क्रममा योगगुरुले मानिस अनुहारले नभई चालले सुन्दर हुने उल्लेख गरे । ठट्यौली शैलीमा उनले भने, “बिहेवारीको लागि ज्वाइँ खोज्दै हुनुहुन्छ भने उसको अनुहार होइन, शरीरको चाल हेर्नुस् ।”

शरीरको चाल कम भएको तर मनको चाल बढी हुने मानिस रोगी हुने उनको भनाइ छ । “स्वस्थ हुनलाई शरीर चलायमान र मन स्थिर हुनुपर्छ”, उनले भने, “सफल मानिसले आकाशतिर हेर्दै हिँड्छ, असफल र तनावयुक्त मानिसले भुइँतिर हेर्छ ।”

शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी रहेको योगगुरु विकासानन्दले बताए। नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उनले त्यसबाट बच्न ध्यान र योग साधनामा जोड दिए । “योगले रोगबाट त बचाउँछ नै सँगै यसले मानिसमा शान्ति, सुख र प्रेमको अनुभूति दिलाउँछ”, उनले भने । शरीर, आत्मा र मस्तिष्क शुद्धीका लागि हरेकले योगसाधनलाई अपनाउनुपर्ने उनको सुझाव छ ।

स्वस्थ जीवनयापनमा सघाउन योग शिविर राखिएको मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका अधिकृत नवीनकिरण भुुुुसालले बताए । “मधमेह, उच्च रक्तचापजस्ता रोगका कारण अल्पायुमै ज्यान गुमाउनेको सङ्ख्या बढी छ”, उनले भने, “यस्ता रोगबाट बच्न योगसाधनाले ठूलो टेवा पु¥याउँछ ।” ‘स्वस्थ जीवन’ अभियानमार्फत मानिसलाई स्वस्थ जीवनशैली, खानपान र व्यायमबारे प्रशिक्षित गर्ने गरिएको छ ।

बागलुङसँगै म्याग्दी र लमजुङमा योग शिविर सञ्चालन भइसकेको छ । नवलपुर र स्याङ्जामा शिविर राख्ने तयारी छ । मन्त्रालयले प्रदेशका नागरिकको जीवनशैलीलाई स्वस्थ र तनावमुक्त बनाउन योग शिक्षा प्रवद्र्धनमा जोड दिएको हो । सबै उमेर समूहका नागरिकलाई योग अभ्यासबारे प्रशिक्षित गर्ने उद्देश्य लिइएको छ । “नसर्ने रोगको औषधि नै योग हो”, योगी विकासानन्दले भने, “स्वस्थ र सुखी नागरिक तयार गर्न योग जरुरी छ ।”

संसारमा योगको उत्पत्ति पाँच हजार वर्षअघि भएको मानिन्छ । योगबारेको खोज सन् १९२० को शुरुआतमा भएको इतिहास छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies