Khabar Dabali Logo
  July 17, Wed

उपत्यकाभित्र चोरको बिगबिगी भयानक रूपमा बढ्दै , जेठमा मात्रै ८२ जना पक्राउ परिसके

काठमाडौं । राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ! प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।

आजको राजधानी दैनिकमा खबर छ पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।

प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए ।

असार २ गते, २०७६ - ०९:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा संशोधित नियमावली मस्यौदा पुनः समितिमै, विवाद चर्कियो

काठमाडौं । नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति...   

५ लाख जनशक्ति उत्पादन भएपनि दुई लाख भने बेरोजगार नै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन्...   

संसदीय समितिका सभापतिलाई गाडी : सद्दे थन्क्याउँदै, नयाँ किन्दै

काठमाडौं । संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै...   

साढे २ खर्ब असारमै सकिसक्याे

काठमाडाैँ । विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै...   
राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

काठमाडौं । राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज...   

लोक सेवालाई विज्ञापन रद्द गर्न दबाब

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै...   

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल साउन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी...   

सरकारकाे नियम : अब भारतीय ढुवानी व्यवसायीले पनि भ्याट तिर्नुपर्ने

काठमाडौं । नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी कम्पनी दर्ता...   

भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड

अकुत सम्पत्ति आर्जनमा धेरै काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा...   

तनहुँबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top