Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्राधिकरणको योजना : आउँदो भाइटीकासम्म रानीपोखरी तयार गर्ने

काठमाडौं । पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन् । प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ । इँटा पखालिँदै छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ । “सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ,” माटो मुछ्दै शर्मिला नापितले भने, “अब पोखरीको रूप सिँगार्दै छौँ । ”

पुरानै शैलीमा पोखरी बनाउन भक्तपुरको सिद्धपोखरी र भाजुपोखरी निर्माणको काम हेरेपछि उतैको प्राविधिक सहयोग लिइएको हो । माटोको पिँधबाट पानी बस्छ, बस्दैन भन्ने थाहा पाउन बनाएको नमुना पोखरीमा पानी जमेपछि त्यहीअनुसार बनाउन थालिएको छ ।

पोखरी र पर्खालका लागि नौ करोड ९७ लाख रुपियाँ बजेट छ । जसमध्ये हालसम्म एक करोड ४२ लाख रुपियाँ खर्च भएको छ । आउँदो भाइटीकासम्म पोखरीमा पानी राख्ने योजना प्राधिकरणको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies