Khabar Dabali Logo
  October 22, Tue

नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले चुनाव जित्दा धरती नै छोडेको र कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिने सङ्केत देखिएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर एउटा पुषले मात्र जाडो नजाने भन्दै पार्टीका ठूला नेताहरुलाई सचेत रहन भनेका छन्। उनले भनेका छन्, ‘सबैले बेलैमा अलि गम्भिर भएर सोंचौं है, एउटा पुषले मात्र जाडो जाँदैन ।’

उनले स्टाटसमा लेखेका छन्, ‘पार्टीका ठूला नेता कमरेडहरु, पार्टीको तर्फबाट प्रधानमन्त्री र मन्त्री बन्नुभएका सम्माननीय र माननीयज्यूहरु र सांसद मित्रहरु ! हाम्रो लोकप्रीयता ओरालो लाग्न थाल्यो । हामीप्रतिका विरोध, असन्तुष्टि र पूर्वाग्रहहरु संगठित हुन थाले। विरोधी वर्गलेले हाम्रो विरोध गर्नु उसको धर्म हो । तर, हामीलाई मतदान गरेका, हामीबाट अलि बढी अपेक्षा पनि गरेका र मुद्दा र चरित्रका आधारमा समर्थन र विरोध गर्ने पंक्ति पनि विरोधी वर्गतिर उभिएर हाम्रो विरुद्ध लाग्नु राम्रो संकेत होइन । कुनै योजना बनाउँदा, नयाँ विषयबारे निर्णय लिँदा, कानून बनाउँदा वा नेताको हैसियतमा अभिव्यक्ति गर्ने सन्दर्भमा कतै हाम्रो ढंग पुगेन कि वा चुनाव जितेको अर्थमा अलि मातियो कि भनेर पछाडि फर्केर अलिकति समीक्षा गरौं ।’

उनले आत्मसमीक्षा गरेर हेर्न सबैलाई अनुरोध गरेका छन्। ‘उनले स्टाटसमा अझै लेखेका छन्, निर्णय प्रक्रिया, वजेट विनियोजन र अभिव्यक्ति शैलीमा जनपक्षीयता भल्कने गरी काम गर्ने बानी बसालौं । सम्माननीय र माननीयप्रतिको विरोधको अर्थमा नबुझियोस्, स्थिति खराब दिशातिर जाँदैछ । प्रतिपक्ष इमान्दार, नैतिकवान र जनपक्षीय भएको भए हाम्रा दिन थप तीव्रतामा खराब हुने थिए ।

असार १ गते, २०७६ - २०:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

काठमाडौं । दशैंको अवसरमा नेपाल प्रहरीले सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । ती बस...   
राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

काठमाडौं । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा...   

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१०...   

भर्याङबाट धकेलेर आफ्नै भाईको हत्या

भक्तपुर । भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...   

दुई तिहाइ सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएकाे छः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट...   

नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।  काभ्रे र सिन्धुलीको...   
विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । मोरङमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  भण्डारण गरेर राखेको विष्फोटक पदार्थ...   
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क...   
नगरपालिकाकाे लापरबाहीका कारण  ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

नगरपालिकाकाे लापरबाहीका कारण ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ...   
बँदेलको आक्रमणबाट चारजना घाइते

बँदेलको आक्रमणबाट चारजना घाइते

कञ्चनपुुर । जङ्गली बँदेलको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top