Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

रुकुमपश्चिम। रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् ।

मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उनीहरुले अधिकांश व्यवसायीले फरकफरक निकायमा कर तिर्न जानुपर्दा झन्झटिलो र खर्चिलो भएको धारणा व्यक्त गरे ।

एग्रोभेट व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर बुढोथोकीले एग्रोभेट व्यवसायीले वार्षिकरुपमा आन्तरिक राजश्व कार्यालयमा दुई हजार ५००, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत विषादी समितिमा रु ५००, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतकै बीउबिजन समितिमा रु ५०० तिर्ने गरेको बताए ।

त्यस्तै रासायनिक मल बिक्रीको अनुमतिका लागि कृषि ज्ञान केन्द्रमा ५००, घरेलु तथा साना उद्योग विकास समितिमा एक हजार, उद्योग वाणिज्य सङ्घमा ५००, औषधि व्यवस्था विभागमा दुई हजार ५००, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ५०० र गुणस्तर तथा नापतौल विभागमा ५०० कर तिरिरहेको उनको भनाइ छ ।

जिल्लाको मुसीकोट नगरपालिकाले पनि वार्षिक दुई हजार ५०० कर लिने निर्णय गरेको एग्रोभेट व्यवसायीले जनाएका छन् । सबैतिर गरेर वर्षमा ११ हजार ५०० कर तिर्नु परेको एग्रोभेट सञ्चालकको गुनासो छ । फरकफरक निकायमा कर तिर्नुपर्दा आफूहरु मारमा परेको एग्रोभेट व्यवसायी सङ्घका सदस्य नवराज केसीले बताए । आफूहरु राज्यलाई कर तिर्न तयार रहेको तर स्थानीय, प्रदेश र सङ्घीय सरकारअन्तर्गतका फरकफरक निकायमा कर तिर्नुपर्दा खर्चिलो र झण्झटिलो हुने गरेको उनको भनाइ छ । एकै ठाउँमा वार्षिक कर बुझाउने व्यवस्था भएमा आफूहरुलाई सहज हुने व्यवसायीले बताएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies