Khabar Dabali Logo
  July 17, Wed

निर्माणाधीन बनेपा सडक खण्ड पूरा गर्न पहल गर्दै

बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ महादेवटारबाट वडा नं ६ बनुखचौर जोड्ने मोटरबाटो निर्माणलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पहल थालेका छन् ।

सो गाउँपालिकाको केन्द्र बनखुसम्म जानका लागि कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–बनखु–घर्तीछाप सडक करीब डेढदशकदेखि निर्माण शुरु गरिए पनि वडा नं ४ स्थित महादेवटारबाट अगाडि बढ्न सकेको थिएन । उक्त वडाको खोलाघारीदेखि वनखु जोड्ने स्थानसम्म कडा चट्टान भएका कारण खोल्न बाँकी रहेको सो सडकखण्ड केन्द्र सरकारको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट रू एक करोड विनियोजन भएकाले पुनः थालिएको हो ।

‘अब सो बजेटबाट यसपाली जसरी भए पनि गाउँपालिकाको केन्द्रसम्म बाटो जोड्ने योजनामा छु।’ गाउँपालिका अध्यक्ष जिम्बाले भने, ‘यो बाटो जोडेसँगै गाउँपालिकाको केन्द्रसम्म आफ्नै जिल्ला भएर आवतजावत गर्न सहज हुनाका साथै यात्रा पनि छोटिने छ ।’ अहिले सो काम शुरु गरेको एक हप्ता भएको छ । आन्तरिक रुपमा सडक सञ्जालले नजोडिएका कारण अहिलेसम्म पनि छिमेकी जिल्ला सिन्धुलीको रामपुर हुँदै त्यहाँ जानुपर्ने बाध्यता छ ।

सडक ट्र्याक खोल्ने जिम्मा पाएका पिएसके निर्माण सेवा प्रालिका प्रोपाइटर सुदिप गौतमले शुरु गरेको काम तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिए । ‘ढिलै ठेक्का आह्वान भएको थियो, अब छनोट भएर प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने, ‘तोकिएको समयभित्र निर्माण सम्पन्न गरिनेछ ।’अहिले सो ठाउँमा दुईवटा स्काभेटरले काम गरिरहेको छ ।

असार १ गते, २०७६ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलाहरू कस्ता पुरुष मन पराउछन् ? थाहा पाउनुहोस्

एजेन्सी । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई...   

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

काठमाडौँ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै...   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ ।...   
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट...   

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम...   

माइक्रोबस दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर

चितवन । चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ गइरहेको ग१ख...   

चितवनबाट ४३ केजी लागुऔषध चरेससहित एक पक्राउ

चितवन । चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब...   
हराएका नवजात शिशुका बुवालाई रोजगार

हराएका नवजात शिशुका बुवालाई रोजगार

बेझाड । लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क...   

खोलाले बगाएर बालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३...   

बागलुङको यी २८ वडा विपद्को उच्च जोखिममा

बागलुङ । जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top