Khabar Dabali Logo
  July 17, Wed

पाँचथरमा शैक्षणिक शब्दकोष निर्माण हुँदै

फिदिम । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ ।

शब्दकोष निर्माणका लागि प्रारम्भिक कार्य शुरु भएको छ । भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोष बन्न लागेको हो । शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो । लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो ।

शिक्षण, किरात धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताए । शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको । उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रायोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ ।

पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ ।

असार १ गते, २०७६ - १४:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलाहरू कस्ता पुरुष मन पराउछन् ? थाहा पाउनुहोस्

एजेन्सी । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई...   

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

काठमाडौँ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै...   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ ।...   
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट...   

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम...   

माइक्रोबस दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर

चितवन । चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ गइरहेको ग१ख...   

चितवनबाट ४३ केजी लागुऔषध चरेससहित एक पक्राउ

चितवन । चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब...   
हराएका नवजात शिशुका बुवालाई रोजगार

हराएका नवजात शिशुका बुवालाई रोजगार

बेझाड । लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क...   

खोलाले बगाएर बालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३...   

बागलुङको यी २८ वडा विपद्को उच्च जोखिममा

बागलुङ । जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top