Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बालश्रममुक्त बनाउन घरदैलो अभियान

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ ।

नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा होटलमा बालश्रमिक राखिएको भन्दै यहाँको नगरपालिकाले बालश्रमिकलाई हटाउन थालेको हो । बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सरकारी सेवाबाट समेत बञ्चित गराउने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, \'हामी बालश्रममुक्त नगरको अभियानमा छौँ, कहीँकतै कसैले बालश्रमिक राखेको पाइए तत्कालै कारवाही हुनेछ ।\'

प्रदेशमै पहिलो बालश्रममुक्त नगर बनाउनका लागि नगरपालिकाले श्रमिक बालबालिका राखिएको भनिएका घरमा पुगेर अहिलेको अवस्थाबारे बुझ्दै उनीहरुको अवस्थाका विषयमा छलफल गरिरहेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताए । \'बालश्रमिक राखेका घरमा पुगेर हामी उनीहरुको अवस्थाका बारेमा बुझ्दैछौँ\', उनले भने, \'बालश्रमिक रहेका घरमा बालश्रमिक नराख्न कडाइपूर्वक निर्देशन दिँदैछौँ ।

दिपायल सिलगढी नगरपालिकाले बालश्रममुक्त नगरपालिका घोषणाका लागि तीव्ररूपमा अभियान सञ्चालन गरिएको छ । नगर क्षेत्रभित्रका बालश्रमिकलाई शून्यमा झारेर प्रदेशकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउनका लागि विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको दिपायल सिलगढी नगरपालिकाका समाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

उनले भने, \'हामी यो नगरलाई प्रदेशको पहिलो बालश्रममुक्त नगर घोषणा गर्ने गरी काम गरिरहेका छौँ । यो अभियानमा श्रमिक बालबालिकाका अभिभावकलाई पनि साथ दिन आग्रह गरिएको छ ।\' स्थानीयवासीका घरमा राखिएका बालबालिकालाई राख्ने अभिभावकले बालश्रमिक स्वीकार गर्न नमानेको सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रकी अध्यक्ष देवकी बोहराले बताइन् । उनले भने, \'हामीले घरदैलोमै पुगेर बालश्रमिक नराख्न अनुरोध गर्दैछौँ, अटेर गर्ने घरधनीलाई कानूनबमोजिम सजाय हुनेछ ।\'

पछिल्लो समय नगरपालिकाले प्रत्येक घरमा पुगेर बालश्रमिकको उद्धार तथा पुनःस्थापनाका लागि काम गरिरहेको छ । यसैगरी नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ ।

आर्थिक अवस्था विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई नगरपालिकाले पढाउने भएको छ । अहिलेसम्म नगरपालिकाले २० बालश्रमिकलाई आवासीय खर्च व्यर्होेने गरी विद्यालयमा भर्ना गरिएको नगरपालिकाका समाजिक विकास अधिकृत जोशीले बताए ।

उले भने, \'विपन्न भएर बालश्रमिक भएका चार शहीद स्मृति विद्यालय राजपुर र १६ सिलगढीमा रहेको शैलेश्वरी आवासीय माध्यामिक बिद्यालयमा आवासीय खर्च नगरपालिकाले व्यर्होने गरी हामीले भर्ना गरेका छौँ, अरुलाई पनि भर्ना गरिनेछ ।\'

आफ्नै आर्थिक अवस्थाले अध्ययन गर्न सक्ने भएका परिवारको आयआर्जनमा राहत पुग्नेगरी नगरपालिकाले सहयोग गर्ने भएको छ । डोटीमा रहेका स्थानीय तहमा दिपायल सिलगढी नगरपालिका बालश्रम अन्त गर्नका लागि लागेको पहिलो स्थानीय तह हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies