Khabar Dabali Logo
  July 20, Sat

चितवनमा २६ जनामा डेङ्गु सङ्क्रमण

चितवन । जिल्लामा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।

जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन् । डेङ्गुको सङ्क्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको सङ्क्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाव दिए । पानी जम्ने ठाउँमा हप्तामा एक पटक एक दुई चम्चा मट्टितेल हालेमा पनि यस्तो समस्या हुँदैन । रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ गते देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

डेङ्गु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने र उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नाका साथै डेङ्गु रोग सम्बन्धी सचेतना फैलाउने छन् ।

जेठ ३२ गते, २०७६ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिकाकाे मृत्यु भएको...   

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले...   

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

वासिङ्टन ।अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार...   

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न राप्रपाको जोडदार माग

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित...   

अमेरिकामा बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले...   
खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन...   

यी स्थानहरूमा अझै भारी बर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय...   
यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको...   

गेष्ट हाउसमा २० बर्षीय युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट । रौतहटमा युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ...   
हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top