Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चे ग्वेभारा जसले बदलिदिए क्यास्ट्रोेको जिन्दगी

काठमाडौं । मार्क्सवादमा विश्वास राख्ने चे ग्वेभाराको जन्म अर्जेटिनाको रोसारियो मा १४ जुन १९२८ मा भएको थियो । सानैदेखि क्रान्तिकारी स्वभावका चेले आफ्नो पिताबाटै राजनीतिक चेतना पाएका थिए । मध्यम वर्गीय परिवारमा जन्मेका ग्वेभाराले चिकित्सकको अध्ययन गर्नु पूर्व दक्षिण अमेरिकी देशहरुको भ्रमण गरेका थिए । उनले भ्रमणको क्रममा त्यहाँको अवस्था एकदमै नजिकबाट देख्न पाएका थिए ।

चे ग्वेभारा आफु सानैदेखि अस्वस्थ अनि पीडित पनि थिए । तर, कठोर उद्देश्य बोकेका चेलाई स्वास्थ्य समस्याले प्रभाव पारेन । उनले आफ्नो समस्यालाई पछाडि छोडिदिए । उनले आफुँलाई एक पहाड जस्तो बनाए । अर्जेटिनामा जन्मेका मार्क्सवाद क्रान्तिकारी चे जसले क्यूबालाई पुरै बदलेर छोडे । उनको मुख्य भूमिकामा क्यूबाली क्रान्ति सम्पन्न भएको थियो ।

\"\"

हठी स्वाभावका थिए चे
उनी सानैदेखि हठी अनि कठोर स्वभावका थिए । सानैदेखि राजनीति प्रति उनको बेग्लै रुची पनि थियो । घरका अन्य सदस्यसँग उनको धेरै वादविवाद पनि भईरहन्थ्यो । उनले क्रान्तिको लागि परिवार अनि घरलाई पुरै त्यागिदिएका थिए । आफुँ मात्र नभई समग्र मानव मुक्तिको लागि उनले कठिन बाटो रोजेका थिए । राजनीति चेतना भएसँगै उनी जुआन पेरान नेतृत्वको अर्जेटिनी सरकारको विरुद्ध संगठित भएका थिए ।

चेलाई लागेको थियो कि, क्रान्तिको बाटोबाट नै दक्षिण अमेरिकीहरुको जीवनस्तरमा सुर्धान सकिन्छ । पढाई पुरा गरेपश्चात उनि पहिला ग्वाटेमाला गए । जहाँ सीआईएले आफ्नो सहयोगमा वामपन्थी सरकार विस्थापन गरेको थियो । यसलाई चेले नजिकबाट नियाल्न पाएका थिए । यसबाट उनलाई बेग्लै राजनीतिक हौसला मिलेको थियो ।

मेक्सीकोमा भएको थियो क्यास्ट्रोसँगको भेट
सन् १९५५ देखि ग्वेभारा विवाह गरि मेक्सिकोमा बस्न थालेका थिए । त्यहिँ उनले क्यूवाका क्रान्तिकारी फिडेल क्यास्ट्रो र उनको भाई राहुललाई भेटेका थिए । त्यतिबेला क्यास्ट्रो नेतृत्वकाे संगठन बाटिस्टा सरकारको विरुद्धमा विद्रोहको योजना बनाईरहेकाे थियाे । सन् १९५० मा क्यास्ट्रोले गरेको विद्रोह असफल पनि भएको थियो । यसको पछाडि उनले शसस्त्र खालको युद्ध छेड्ने नीति लिएका थिए । जसको लागि उनि मेक्सिको पुगेका थिए ।

क्यास्ट्रोको सोंचबाट पहिलो भेटमै चे धेरै प्रभावित भएका थिए । पहिलो भेटघाटमै चले क्यास्ट्रोको रणनीति पत्ता लगाएका थिए । यस दौरान क्यास्ट्रोले उनलाई आफ्नो क्यूबाली क्रान्ति गर्ने योजना बताएका थिए । उनले आफ्नो संगठन र संगठनकाे योजना पनि बताएका थिए । त्यो विशेष भेटपश्चात चे क्यूबाली क्रान्तिको लागि होमिएका थिए ।

पछि चे क्यास्ट्रो सरकार बनेपछि पनि विशेष सल्लाहकारको रुपमा भूमिका खेलेका थिए । क्यूबाको बाटिस्टा सरकारलाई सत्ताच्यूत गर्न उनको मुख्य योगदान रहेको छ ।

सरकारमा हुँदा हुँदै भूमिगत भएका थिए
चे फिडेल क्यास्ट्रोको सरकारमा आर्थिक सल्लाहकारको रुपमा काम गर्दा गर्दै भूमिगत भएका थिए । उनी अफ्रो एसियाली आर्थिक एकता सम्मेलनबाट सहभागी भई स्वदेश फर्कदैं गर्दा फिडेल क्यास्ट्रोलाई पत्र लेखेर बोलिभियाली क्रान्तिमा होमिएका थिए ।

बोलिभियाली क्रान्तिमा होमिएको छोटो समयमै उनि पक्राउ परेका थिए । ८ अक्टोबर १९६७ उनलाई पक्राउ गरिएको थियो । जसको भोलिपल्टै उनको हत्या गरियो । चेलाई पक्राउ गर्न बोलिभियाली शासकले ठूलो मेहनेत गरेका थिए । उनीहरुले मुख्य सैन्य टिमलाई चेलाई पक्राउ गर्न मात्रै लगाएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies