Khabar Dabali Logo
  July 20, Sat

को हुन् हृदयघातबाट मृत्यु भएका पौडेल ? छोटो जिवनी !

काठमाडौं । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनुभएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो ।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहनुभएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँ, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो । बिगतमा लामो समय उहाँले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।

तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहनुभएका उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी गर्नुभएका स्व. पौडेलले माडीक अर्का दिवंगत क्रान्तिकारी नेता दिवाकर भुषाललाई आफ्नो राजनीतिक गुरु ठान्दै सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएको थियो । हृदयघात भई निधन हुनुपूर्व उहाँले दिवाकर भुसालकै स्मृति पुस्तकको सम्पादन गरिरहुनुभएको थियो । उहाँको आज बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको हो ।

जेठ ३१ गते, २०७६ - ०९:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

काठमाडौँ । अनुसार केही यस्ता राशिहरू पनि छन्,जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको...   

भारतिय क्रिकेटर ध्वनिले लिए यस्तो निर्णय

नयाँ दिल्ली । सन्यासका हल्लाले चर्चामा,रहेका भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धाेनीले...   

शक्तिशाली विभागमा ककसले पाए जिम्मा ? नेपालदेखि बोहोरासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्व एमाले समूहकाे भागमा परेका विभागकाे नेतृत्व टुंगाे...   

कसरी प्राप्त गर्ने यौन आनन्द ?

एजेन्सी: यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा...   
माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

भक्तपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको...   
पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

लिमा । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य...   

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   

नेकपा एकता : कसको दावी के मा ? नीति र बाँडफाँड टुगिंयो, व्यक्ति टुंगिएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ । मंगलबार...   
भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् । गहिरो राजनीतिक संकटसँग...   
विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top