Khabar Dabali Logo
  October 17, Thu

शैक्षिक क्षेत्रको विकास नगरी समृद्धि प्राप्त हुँदैन्

०४६ सालको ऐतिहासिक जनआन्दोलन पछि नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । सन् १९८१ मा २०.६० प्रतिशत रहेको हाम्रो साक्षरता दर आज झण्डै–झण्डै ८० प्रतिशतको हाराहारीमा पुगेको छ । हामीले देशका कुना काप्चामा पनि विद्यालय स्थापना गरेका छौं । झण्डै हाम्रो विद्यालय भर्ना दर गत वर्षको हेर्दा ९७ प्रतिशत जति रहेको छ । यो ज्यादै राम्रो उपलब्धि हो । साथै अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालका विद्यार्थीहरुले आफ्नो भूमिका बढाएका छन् । नाम लेखाएका छन् । त्यसले हामीलाई एउटा सन्तुष्टी दिन्छन् नै !

त्यति हुँदा–हुँदै पनि विश्वव्यापी मान्यताअनुसार शिक्षामा लगानी बढाउनु पर्छ । हामी त अझ समाजवादमा जाने भनेका छौं । शिक्षामा लगानी विना, शिक्षाको क्रान्ति विना र शिक्षाको परिवर्तन विना हामी समाजवादमा जान सक्दैनौं ।

हाम्रा मन्त्रीहरुले रोष्टममा आएर यति कि.मी. बाटो कालोपत्रे भयो, यति वटा पुल बन्यो, यतिवटा यो भयो भन्नुहुन्छ । हामी भौतिक संरचनाको प्रगति यति भयो, उति भयो भनिरहेका हुन्छौं । तर, हामीले कति विद्यार्थीहरु पढायौं ? कति कक्षा कोठाहरु थप्यौं ? कति विद्यालय छोड्ने विद्यार्थीको दर घटायौं ? यस खालको विषय एकदमै कम आउँछ । यसले हामीलाई सहि ठाउँमा पुर्याउँदैन् ।

विश्वव्यापी मान्यता अनुसार कुल बजेटको २० देखि २५ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ । तर अहिलेको बजेट विनियोजन हेर्दा जम्मा १०.६८ प्रतिशत मात्रै छ । कुल ग्राहस्त उत्पादनको ६ देखि ८ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । तर अहिलेको बजेटमा जम्मा ४.६ प्रतिशत मात्रै छ । यो लगानीबाट हामीले सोंचेको उपलब्धीलाई प्राप्त गर्न सक्दैनौं ।

शिक्षामा लगानी नबढाई हामीले प्रगति गर्न सक्दैनौं । शिक्षा मुलुकको समग्र विकासको पूर्वसर्त हो । वर्गीय अन्तरविरोध हटाउने कुरा, सामाजिक विभेदहरुलाई हटाउने कुरा, नेपाली समाजलाई एउटा समतामुलक, न्यायमुलक समाजमा रुपान्तरण गर्ने कुरा शिक्षाले मात्रै सम्भव छ ।

झण्डै १५ प्रतिशत दलित समुदायका बालबालिकाहरु अझैपनि शिक्षाको क्षेत्रबाट बाहिर नै छन् । कतिपय पिछडिएका क्षेत्रको अवस्था पनि त्यहि खालको छ । एउटा जनसंख्याको ठूलो हिस्सालाई शैक्षिक क्षेत्रबाट अलग राखेर हामी कस्तो वर्गीय समानता ल्याउन सक्छौं ? कस्तो सामाजिक विभेदलाई हटाउन सक्छौं ? त्यसकारण यो अनिवार्य शर्त हो ।

अहिले हाम्रो देशमा शैक्षिक पलायनको दर एकदमै डरलाग्दो खालको छ । झण्डै १५० विद्यार्थीहरु प्रत्येक दिन पढ्नको निमित्त विदेश जान्छन् । अष्ट्रेलियामा मात्रै झण्डै ३३ हजार विद्यार्थी एक वर्षमा पढ्नको निमित्त गएको तथ्यांक छ । प्रत्येक वर्ष नेपालबाट नो अब्जेक्सन लेटर लिने झण्डै झण्डै ६० हजार विद्यार्थी छन् । भारत जाने विद्यार्थीहरुको त हामीसँग तथ्यांक नै छैन् । यसरी हेर्दा करिब २ सय अरब जति नेपाली पैसा पढ्नको निम्ति बाहिरिएको देखिन्छ । यो एकदमै डरलाग्दो विषय हो । यस तर्फ सरकारको उचित ध्यान जानुपर्छ ।

विद्यालय छोड्ने विद्यार्थीहरुको संख्याको विषय पनि अलि गम्भीर खालको नै छ । त्यता तिर धेरै छलफल भएको छैन् । सन् २००८ मा कक्षा १ मा भर्ना भएका १३ लाख ३४ हजार विद्यार्थीहरु मध्ये २०१७ मा एस.एल.सी. दिन जम्मा ४ लाख ४६ हजार पुगे । २०१९ मा प्लस टुमा दिँदा जम्मा २ लाख ९० हजार पुगेका छन् । झण्डै ११ लाख विद्यार्थीहरु वेपत्ता छन् । उनिहरु कहाँ छन् ? तिनिहरुको अवस्था के छ ? तिनिहरु कस्तो वर्गका विद्यार्थीहरु थिए ? कुन समुदायका थिए ? प्रश्न एकदमै गम्भिर खालको छ ।

सम्भवत तिनीहरु गरिब, दलित, जनजाति, उत्पीडित समुदायका थिए र मधेशका पनि एकदमै तल्लो वर्गका थिए । ति कहाँ छन् ? त्यस प्रति राज्यको दायित्व के छ ? झण्डै ११ लाख विद्यार्थीहरु हामीले हाम्रो विद्यालय शिक्षाबाट छोडिरहेका छौं । भने माथिल्लो शिक्षाको अवस्था त्यो भन्दा गम्भिर खालकै छ ।

प्रस्तावित शिक्षासँग सम्बन्धित विषयवस्तुलाई हामीले नयाँ ढंगले हेर्नुपर्छ । आज शैक्षिक क्षेत्रको गरिमा असाध्यै घट्दै गईरहेको छ । हाम्रा विश्वविद्यालयले आफ्नो साख दिन प्रतिदिन गुमाउँदै छन् । शैक्षिक क्षेत्रले साख गुमाउने अनि शैक्षिक क्षेत्र अपमानित हुन्छ भने त्यो देश बन्दैन ।

त्यसैले हाम्रो विश्वविद्यालयको शाख कसरी माथि उठाउने ? हाम्रो बालबच्चालाई पढाउने शिक्षकहरुको पेशालाई कसरी सम्मानित गराउने ? आज शिक्षकले राम्रोसँग पढाएको छैन् । उसको जिविकोपार्जन भएको छैन् । उ अध्ययनमा छैन् । उ अनुसन्धान छैन् । उसले खाली पढाउने मात्रै एक खालको औपचारिकता मात्रै पुरा गरेको छ । शिक्षक अहिलेको नयाँ–नयाँ प्रविधि बारे साक्षर छैन् भने त्यो शिक्षकले कस्तो विद्यार्थी पढाउँछ ? भनिन्छ, पढ्ने विद्यार्थीले भन्दा पढाउने शिक्षकले ज्यादै पढ्नुपर्छ । त्यो स्थिति आज मुलुकमा छैन् ।

हामीले पटक–पटक भनेका छौं, हिजो विद्यालय खोल्ने अभियान थियो अब विद्यालयहरुको मर्ज गर्ने अभियान चलाउन पर्छ । नयाँ–नयाँ विद्यालय खोल्नेभन्दा पनि विद्यालयलाई मर्ज गर्ने अभियान चलाउन आवश्यक छ । अब हामीले तत्कालै शहरी क्षेत्र, उपत्यका, तराई–मधेशको क्षेत्रमा विद्यालयलाई गाभ्ने योजना ल्याउने हो भने झण्डै–झण्डै ९० प्रतिशत जति लगानी त्यसबाट निकाल्न सकिन्छ । त्यसकारण त्यस तर्फ हामी जान आवश्यक छ ।

पठनपाठनको राम्रो वातावरण बनाउने, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, देशभित्र शैक्षिक हब बनाउने विषय आजको चुनौति हो । त्यसो गर्न सक्यौं भने हाम्रो देशले छोटो समयमा प्रगति गर्न सक्छ । त्यो भयो भने, समानतातर्फ उन्मुख देशको विकास गर्न सकिन्छ । यहि ढंगबाट हाम्रा नीति तथा कार्यक्रमहरु बन्न आवश्यक छन् ।

(बजेटमाथि सदनमा भएको छलफल क्रममा सत्तारुढ नेकपा नेता एंव सांसद योगेश भट्टराईले शिक्षा क्षेत्रमा बिनियोजित बजेटको विषयमा आधारित रहेर व्यक्त गरेको विचार जस्ताको तस्तै)

जेठ ३० गते, २०७६ - १७:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि तुलनै गर्न नसक्ने गरी उचाई पुग्यो : प्रवक्ता बास्कोटा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक रुपमै सफल भएको सरकारका प्रवक्ता एंव सूचना...   

आर्थिक विकासमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : योगेश भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चीन–नेपाल–भारतको त्रिदेशीय कनेक्टिभिटिमा...   

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न...   
माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

काठमाडौं । विश्व चर्चित कम्पनी माइक्रोसफ्टको सीइओ सत्या नडेलाको तलब भक्ता ह्वात्तै बढोत्तरी भएको...   

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी...   

प्रहरीको तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी...   
युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

काठमाडौं । पछिल्लो समय नेपाली मिडियामा तथ्यहिन र भिजिटर तान्ने मात्रै समाचार आउन थालेको भन्दै राष्ट्रिय...   
समाचारमा तपाईं हजुर कति उपयुक्त ?

समाचारमा तपाईं हजुर कति उपयुक्त ?

काठमाडाैं । ठूला मान्छेलाई “तिमी” भने भनेर अर्को कथा प्रादुर्भाव भएछ। तर मैले आजसम्म पत्रपत्रिकामा...   
गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

काठमाडौं । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा...   
वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्वाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top