Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भिस्वा बजार सुनसानः सीमावर्ती भारतीय बजार गुलजार

वीरगञ्ज । चालिस वर्ष अघिसम्म समृद्ध र गुलजार बजारको रुपमा पहिचान पाएका भिस्वा बजार हिजोआज सुनसान देखिन थालेको छ ।

पश्चिमी पर्साको दर्जनभन्दा बढी गाउँ तथा सीमावर्ती भारतका मानिसहरुको किनमेल गर्ने थलोका रुपमा परिचय पाएका यो बजार कालान्तरमा आएर उजाड हुँदै गएको छ । ग्राहकको अभावमा अहिले परम्परागत शैलीको व्यवसाय र कष्टपूर्ण दैनिकी यहाँको व्यापारीको दिनचर्या भएको छ ।

त्यतिबेला सीमावर्ती भारतीय बजार सिकटा, भेलाही, इनर्वालगायतका ठाउँबाट भारतीय ग्राहकहरु चाइनिज, जापानी, कोरियन लगायतका विदेशी समान र कपडा खरीद गर्न भिस्वा बजार आउने गरेको स्मरण गर्दै व्यापार सङ्घ भिस्वाका अध्यक्ष गणेश जैसवालले भने, \'तर भारतले नै विदेशी कपडाको खुला व्यापार शुरु गरेपछि भारतीयहरुको यहाँ आउने क्रम घट्दै जाँदा अहिले यो बजारले आफ्नो आर्थिक साख गुमाउँदै गएको छ ।\'

कर वापत सरकारलाई वार्षिक झन्डै ५० लाख बुझाउँदै आएका पश्चिमी पर्साको भिस्वा बजारमा रहेका व्यापारीहरुले वीरगञ्जबाट सामान लग्दा ठाउँठाउँमा सुरक्षाकर्मीले समात्ने, अनाहकमा दुःख दिने तथा सामान जफत गर्ने प्रवृत्ति बढ्दै गएपछि व्यापारीहरुले नेपाली करदाता बन्नुमा हिनतावोध भएको पीडा पोखेका छन् ।

नुनदेखि सुनसम्म पाउने यो बजारमा अहिले पनि करिब ८० व्यापारीले आफ्नो व्यवसाय गर्दै आएको छ । यस क्षेत्रका ग्रामीण भेगका ९० प्रतिशत नेपाली अहिले पनि भारतीय बजार सिकटामाथि नै निर्भर रहने गरेका छन् । अहिले यो बजारको व्यापार घटेर दैनिक दुईदेखि तीन लाखमा झरेको अर्का व्यापारी महमुद आलम भन्छन, \'७० वर्ष पुरानो यो बजार सुक्दै गएपछि यहाँ रहेका उद्योगहरु पनि बन्द भएको छ ।\'

पर्सा जिल्लाको निर्वाचन क्षेत्र ४ र ५ का जनताको रोजाइमा भारतको सिकटा बजार परेकाले पनि यहाँको बजार खस्किँदै गएर यसको आर्थिक समृद्धि समाप्त हुन थालेको स्थानीयवासीको भनाइ छ । हिजोको खुशहाल जीवनशैली र दैनिकीबाट एकाएक भिस्वा बजारको परिचय लोप हुन थालेकामा स्थानीवासी चिन्तत हुन थालका छन् । स्थानीयवासी रामजीप्रसाद कानु भन्छन्, \'बजारको बदलिँदो अवस्थामा सुधार ल्याउन केन्द्र, प्रदेश र स्थानीय सरकारले चासो देखाउन सकेको छैन ।\' छिपहरमाई गाउँपालिका–५ मा पर्ने भिस्वा बजारको जनसङ्ख्या करीब चार हजार रहेको छ भने गाउँगाउँमा पुगेका सडकबाटोका कारण बजारसम्म आउन स्थानीयवासीलाई सजिलो भएका छन् । तरपनि उनीहरु भिस्वाबजारमा किनमेल नगरी भारतको सिकटाबजार जाने गरेकाले यो बजार उजाड हुँदै गएको छ ।

\'सदरमुकाम वीरगञ्जबाट करीब ३० किलोमिटर पश्चिममा भारतीय सीमासँग जोडिएको यो बजारको विकासमा ध्यान नदिँदा भिस्वाबजारले पुनर्जीवन पाउन सकेको छैन\', ४० वर्षदेखि व्यापार गर्दै आएका जमालुदिन मियाँ भन्छन्, \'कुनै समयमा भिस्वाबजारको बढ्दो आर्थिक चहलपहलले सबै नेपालीका लागि व्यापार गर्ने थलोका रुपमा विकसित भइरहेको भिस्वाबजारले व्यापार घाटाका कारण अहिले आर्थिक समृद्धि हासिल गर्न सकेको छैन ।\'

शिक्षा क्षेत्रमा राम्रै फड्को मारेको भिस्वाबजारमा हेल्थपोष्ट, निजी क्षेत्रका बैंक, छोटी भन्सार कार्यालय, प्रहरी चौकीलगायतका पूर्वाधार क्षेत्रमा यो बजारले फड्को मार्यो तर आर्थिक क्षेत्रमा भने फड्को मार्न नसकेकाले यो बजार आर्थिक रुपमा माथि उठ्न नसकेको स्थानीयवासी दिनेशप्रसाद कानुको भनाइ छ ।

सीमावर्ती भारतबाट भिस्वा नाका भएर भारतीय सवारी साधनहरु नेपाल भित्रिँदा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काट्ने व्यवस्था नहुँदा त्यसले पनि भारतीयहरु आउन हिचकिचाउने गरेका छन् । करीब ७० वर्षको लामो इतिहास बोकेको भिस्वाबजारका व्यापारीहरुले आफ्नो व्यवसायलाई आधुनिकतासँग जोड्न नसक्दा यो बजार उजाड हुँदै गएको छ भने सीमावर्ती भारतीय बजार गुलजार हुँदै गएको जानकारहरु बताउँछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies