Khabar Dabali Logo
  September 20, Fri

नेकपा लगायत अन्य पार्टीका ३१ हजार ६ सय कांग्रेसमा प्रवेश – कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानको एक महिने कार्यक्रममा ३१ हजार ६ सय ४२ ले कांग्रेस पार्टी प्रवेश गरेका छन्।

कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सो कुराको जानकारी दिएका हुन् ।

प्रवक्ता शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’

जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको शर्माले बताएका छन् ।हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरण वैशाख २५ मा शुरू भएर जेठ २५ मा सम्पन्न भएको थियो । कांग्रेसले राष्ट्रिय जागरण अभियानको एक महिने कार्यक्रमलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा जनताले लिएको दाबी गरेको छ ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको र सत्तारूढ दल नेकपाप्रति जनताको विकर्षण बढ्दै गएको निष्कर्ष निकालेका छन् ।

नवप्रववेशीलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी प्रदान गर्ने जनाएको छ ।

काँग्रेसको प्रथम चरणको उक्त अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते मा सम्पन्न भएको थियो । दोस्रो चरणको अभियान भने असोज ७ गतेसम्म चल्नेछ ।

जेठ ३० गते, २०७६ - १३:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै...   

वासिङ्टन डिसीमा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

वासिङ्टन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना...   

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको यस्तो कटाक्ष

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित...   
पूर्वसांसद दाहालको निधन

पूर्वसांसद दाहालको निधन

काठमाडौं। पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा...   

युवती भनेर ७० वर्षीया वृद्धालाई ४० वर्षीय रोहितद्वारा बलात्कार

राजविराज । सप्तरीमा युवती भनेर ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । सप्तरीको...   
संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

संविधान परिमार्जन गर्न सकिन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा...   
उपमेयर राई चढ्ने गाडीलाई लक्षित गरेर बम विस्फोट

उपमेयर राई चढ्ने गाडीलाई लक्षित गरेर बम विस्फोट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडीलाई लक्षित गरि कुकर बम विस्फोट...   

एन आई सी एशिया बैंक र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर...   

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

काठमाडाैं। संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति...   
संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

काठमाडौं । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top