Khabar Dabali Logo
  September 20, Fri

कञ्चनपुरमा हावाहुरीबाट केरा खेती नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पुर्याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् ।

कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताए । उनका अनुसार हावाहुरीले ४२ हजार ५०० केराका बोट ढालेको छ । जसबाट रु एक करोड ४८ लाख ७५ हजार रकम बराबरको केरा खेतीमा किसानलाई घाटा लागेको छ ।

केराको बोट खरीद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा रु ३५० लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भने, ‘दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ ।’

नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पुर्याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन । धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् । केरा खेती पूरै बर्बाद भएपछि समूहबाट केरा खेतीका लागि लिएको रु २० हजार ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको भङ्गी रानाले बताए ।

‘प्राकृतिक प्रकोपका कारण निकै क्षति व्यहोरेका छौँ’, उनले भने, ‘किसानलाई केरा खेतीबाट पलायन हुन नदिनका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्दछ ।’ आउँदो वर्षदेखि केरा खेतीमा बीमा गर्ने वातावरण बनाई दिनसमेत उनले माग गरेका छन् ।

जेठ ३० गते, २०७६ - १३:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला...   
संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान...   

मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको...   
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार...   

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना...   

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक...   
यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । वर्षात्मा मौसम...   

सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

काठमाडौ । सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी...   
अस्ट्रेलियाको टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर

अस्ट्रेलियाको टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर

रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन...   

पोखरामा बाढीपहिरोका कारण करोडौ भन्दा बढीको क्षति

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top