काठमाडौं । राजपाका सांसद लक्ष्मणलाल कर्णले मधेशीको मागलाई सरकारले सम्बोधन गरेको भन्दै रोस प्रकट गरेका छन् । उनले मधेशीको मुद्दालाई सुनुवाई नगरेर सरकारले फेरि सडकमा फर्कने अवस्था बनाउन लागेको आरोप लगाए ।
प्रतिनिधि सभाको बिहिबारको वैठकमा बोल्दै उनले भने, ‘हामी संसद बाहिर जाँदाको अवस्था याद होला तपाईंलाई ? यहि ठाउँबाट हामी गएका हौं बाटोमा । फेरि हामी बाटोमा गयौं भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला !’
संसदमा बोल्दै कर्णले संविधान संशोधन गर्छु भनेका जति सबैले बिर्सिएको भन्दै सम्झाउन उपस्थित भएको बताए । ‘संविधान संशोधनको पक्षमा आएका पार्टीमध्ये आज सत्तामा पनि छन् विपक्षीमा पनि छन् । तर संविधान संशोधन बिर्सिसकेका छन् । म सम्झाउनको लागि उपस्थित भएको छु ।’
उनले लोकसेवाले संसदको निर्देशन कुन आधारमा मान्दिन भन्न मिल्छ भनि प्रश्न गरे । ‘संसदले निर्देशन जारी गर्ने सरकारले नमान्ने, सम्बन्धित मन्त्रीले पनि नमान्ने, लोकसेवा आयोगले पनि नमान्ने भनेको छ । यो लोकसेवा आयोगमाथि अर्को कुनै संस्था छ कि यहि संसद हो ? संसदले निगरानी गर्ने बाहेक अन्य कुनै संस्था बनेको छ ?’
कर्णले संसदको उपहास सरकारले गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘संसदको निर्देशन सरकारले नमान्ने । संसदीय समितिको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने त यो भन्दा ठूलो उपहास संसदको हुँदैन् । संसदको गरिमा कायम होस् ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: