Khabar Dabali Logo
  June 20, Thu

सगरमाथा नाप्ने कार्कीलाई गृहजिल्लामा सम्मान

गलकोट । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ ।

नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गरेको भन्दै कार्कीलाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको हो । सगरमाथा उचाइ मापनमा सफलतापूर्वक सहभागी भई सिङ्गो बागलुङलाई गौरवान्वित तुल्याएको भन्दै जिल्लामा क्रियाशील सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

आफ्नो सहकारीको शेयर सदस्य भएर विश्वको अग्लो सगरमाथा आरोहणसँगै उचाइ मापनमा सहभागी भई नेपालीको शीर उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । कार्की जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर नापी विभागको अधिकृत भई सगरमाथा मापनमा सफलतापूर्वक सहभागी भएका थिए । सगरमाथा आरोणका क्रममा जति दुःख भए पनि गृहजिल्लाको सम्मानले सबै दुःख सुखमा परिणत भएको सगरमाथा मापन सदस्य कार्कीले प्रतिक्रिया दिए।

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षण सुरजसिंह भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय गाइड छिरिङजङ्बु शेर्पासहित चैत २६ गते काठमाडौँबाट सगरमाथा मापनका लागि प्रस्थान गरी जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहणसँगै उचाइ मापनको तथ्याङ्क सङ्कलन गरी ९ गते काठमाडौँ फर्किएका थियो ।

जेठ ३० गते, २०७६ - ११:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आँपको मूल्यमा दोब्बर वृद्धि

आँपको मूल्यमा दोब्बर वृद्धि

गाईघाट । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा...   

यदि यस्ता लक्षण देखिएमा सोच्नुहोस् तपाईंको सम्बन्ध छुट्दैछ

एजेन्सी । के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् रु के उनको नजरले अब तपाईको खोजी गर्दैन रु के...   

न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा

गलेश्वर । संस्कृतमा एउटा शुक्ति (भनाइ) छ – ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन...   

साँसदद्धारा चार विधेयक फिर्ता लिन माग

काठमाडौ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार...   

लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान

काठमाडौँ । लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको...   
आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटियो !

आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटियो !

एजेन्सी । आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटेको घटनाले यतिबेला अन्तराष्ट्रिय सञ्चारमाध्यम...   

जाजकोटमा खाद्य डिपो स्थापना,स्थानीय खुशी

जाजरकोट । नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको...   
नौमती र पञ्चेबाजा संरक्षणमा जुट्दै युवा

नौमती र पञ्चेबाजा संरक्षणमा जुट्दै युवा

चितवन । विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै...   

सिङ्गापुरमा काम लगाइदिने भन्दै छ करोड ठगी गर्ने पौडेल पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा...   

तनहुँबाट अफिमसहित पाँच जना पक्राउ

तनहुँ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top