Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बिरामीको पहिलो रोजाइमा भरतपुर अस्पताल

चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार गर्नका लागि लामो समय पालो कुर्नुपर्छ । प्रचण्ड गर्मीका कारण असिनपसिन भएर पनि यस क्षेत्रका बिरामीको उपचारमा पहिलो रोजाइ भने यही अस्पताल हुने गरेको छ ।

जिल्लामा दुई सुविधासम्पन्न मेडिकल कलेज र २५ भन्दा बढी साना–ठूला अस्पताल छन् । पालो पाएसम्म अधिकांश बिरामीको रोजाइ सरकारी अस्पताल हुने गरेको छ । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडा विज्ञचिकित्सकको समूह हुनु, धेरै विभागबाट सेवा पाउनु, निजीको तुलनामा निकै सस्तोमा उपचार र औषधि पाउनु, बिमालगायतका महत्वपूर्ण कार्यक्रम भएकै कारण बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल भएको बताउछन् । यहाँका निजी अस्पतालमा एउटा विभागको एक विज्ञचिकित्सक हुने भए पनि सरकारी अस्पतालमा एउटै विभागमा १० सम्म विज्ञचिकित्सक छन् ।

सरकारी अस्पतालका चिकित्सककै भरमा यहाँका निजी अस्पताल चलेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगाले अस्पतालका विज्ञचिकित्सकसहितको उच्च गुणस्तरीय उपकरणका कारण बिरामीको पहिलो रोजाइ यस अस्पताल पर्ने गरेको बताउछन् ।

राजधानी बाहिर जोर्नी प्रत्यारोपण यही अस्पतालमा हुने गरेको छ । बगालेका अनुसार १२ उपकरणबाट निःशुल्क डायलासिस, २० श्ययाको सघन उपचारकक्ष, १२ श्ययाको बाल सघन उपचारकक्ष, सिटीस्क्यानजस्ता सेवा सरकारी अस्पतालमा उपलब्ध छन् । यससँगै न्यून शुल्कमा प्रयोगशालाको सेवा बिरामीले पाएका छन् । मुखभित्र पाइप हालेर पित्तथैलीको नलीभित्रको ढुङ्गा निकाल्ने इआरसिपी राजधानी बाहिर यहाँ मात्रै हुने बगालेले बताए ।

बगालेले औषधिमा उल्लेख गरेको दरभन्दा ५० प्रतिशतसम्म छुटमा ‘फार्मेसी’बाट बिरामीले औषधि किन्न पाएको जानकारी दिए । प्रसूतिको उपचारमा राजधानी बाहिरको उत्कृष्ट अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पताल भरतपुर हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष १६ हजार २४३ महिलाले यहाँ बच्चा जन्माएका छन् ।

जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (बिमा)को प्रथम सेवाविन्दु भरतपुर अस्पताल हो । दैनिक ७०० हाराहारीले यहाँबाट बिमा सेवा लिने गरेको पौडेलको भनाइ छ । गरीब तथा असाहयका लागि पूर्ण छुटमा यसै अस्पतालबाट सेवा दिइँदै आएको छ । उपचारसँग सम्बन्धित सिफारिससँगै कानूनी प्रक्रियाका लागि पनि भरतपुर अस्पताल नै पुग्नुपर्ने अवस्था छ । मृत्यु भएकाको शव परीक्षण र बेवारिसे शवको व्यवस्थापन यसै अस्पतालमा हुँदै आएको छ ।

अस्पतालमा १४ विभागमार्फत सेवा दिइँदै आएको छ । अस्पतालमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन भएकाले बिरामीलाई केही सहजता मिल्ने गरेको छ । प्रवीणता प्रमाणपत्र र स्नातक नर्सिङ यहाँ पढाइ हुन्छ । यससँगै आवासीयरूपमा एमडी पढ्न नाम्सबाट विद्यार्थी आएको पौडेलले जानकारी दिए ।

विसं २०१३ मा १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पताल अहिले ६०० श्ययामा पुगेको छ । दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिँदै आएका छन् । हालै मात्र यस अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies