Khabar Dabali Logo
  June 3, Wed

शुक्रबारबाट देशभरका चलचित्र हलमा ‘झट्का’ लाग्दै

काठमाडौं । नेपाली चलचित्र ‘झट्का’ भोलि देशभरका विभिन्न चलचित्र हलमा लाग्ने भएको छ। चलचित्र पछिल्लो पुस्ताका समय युवाहरुलाई समेटेर निर्माण गरिएको बताइएको छ।

चलचित्रमा विषेश गरी मेरी बास्सैका ‘दाह्री बा (सुरवीर पण्डित) लाई मुख्य भूमिकामा देख्न सकिन्छ । जसमा रमेश बिसुंखेको कथा, पटकथा र संवाद तथा निर्देशन रहेको फिल्ममा रात्री जीवनको कथा प्रस्तुत गरिएको छ ।

भोलि जेठ ३१ गते रिलिज हुने फिल्ममा सुरविर पण्डित, श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, उमेश बिसुङ्खेलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

फिल्मलाई रमेश बिसुङ्खे निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । उनले सुरविरलाई अन्य फिल्ममा भन्दा पृथक भूमिकामा प्रस्तुत गरिएको बताए । उनको भूमिकाले दर्शक सरप्राइज हुने निर्देशक रमेशको भनाई छ । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ ।

जीवन पराजुलीले छायाँकन गरेको यो फिल्मका निर्माता तुलसीलाल नेवा हुन् भने, कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् ।

दाह्रीबा (सुरवीर पण्डित)ले चलचित्र भरपुर मनोरञ्जनले भरिएकाले दर्शकले रुचाउने अपेक्षा गरेको बताए। उनले भने–चलचित्र भरपुर मनोरञ्जनले भरिएको छ र केही सन्देश पनि बोकेको छ।

चलचित्रका निर्माता तलुसीलाल नेवाले चलचित्र निर्माण गर्ने आफ्नो पूरानो रुची रहेकाले ुझट्काु निर्माण गरिएको बताए। चलचित्रमा पछिल्लो समयको कथावस्तु रहेकाले दर्शकले रुचाउने आशा गरेको बताए।

त्यसैगरी चलचित्रका नायक श्याम श्रेष्ठले –चलचित्रले पछिल्लो पुस्तालाई समेट्न खोजेको छ। चलचित्र हेरेर दर्शकले मनग्य मनोरञ्जन लिन सक्ने छन् । त्यसैले यो चलचित्र हेरेर केही सन्देश र मनोरञ्जन लिन आम दर्शकसँग आग्रह गर्दछु।

जेठ ३० गते, २०७६ - ११:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी...   

काठमाडौंकि छ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ...   

शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, ६५ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने,...   

प्रदेश २ मा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण

जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित...   

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष...   

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ, लकडाउन खुलेपछि थप एक महिना म्याद दिन व्यवसायीको माग

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र...   
प्रधानमन्त्री र विज्ञबीच परामर्श, विज्ञले दिए यस्तो सुझाव

प्रधानमन्त्री र विज्ञबीच परामर्श, विज्ञले दिए यस्तो सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा...   

विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाल पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई आज प्रहरीले काठमाडौँबाट...   

विदेशी नागरिकसँग मिलेर ठगीको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

काठमाडौं । ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top