Khabar Dabali Logo
  June 20, Thu

पाँच वटा भारतीय गाडी पक्राउ

दाङ । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यवसायी मर्कामा परेको गुनासो आएपछि यसमा कडाइ गर्न थालिएको छ ।

“अहिले भारतीय गाडी दाङ आएर व्यावसायिकरूपमा यात्रु ओसारपसार गरिरहेको भन्ने गुनासो व्यापक आउन थाल्यो”, उनले भने “त्यसैले गर्दा पनि हामीले निगरानी बढाएका हौँ ।”

दाङमा रुट परमिटविनै यात्रु बोक्दै आएको एउटा बोलेरो, चार जिपलाई नियन्त्रण लिई आवश्यक कारवाही थालिएको प्रमुख कुँवरले बताए । उनका अनुसार ट्राफिक प्रहरी कार्यालयले रु एक÷एक हजार जरिवाना काटेर थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाएको छ ।

त्यस्ता सवारीसाधनलाई यातायात व्यवस्था कार्यालयले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था छ । भन्सार अनुमति लिएर निश्चित प्रयोजन र निश्चित समयका लागि मात्रै नेपालमा सञ्चालन हुन पाउने प्रावधान छ ।

जेठ ३० गते, २०७६ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, विप्लवका जिल्ला नेताको मृत्यु

काठमाडौं। सर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको छ । उक्त भिडन्तमा परि...   

अति संवेदनशील मानिने पारमाणविक भट्टी अब सञ्चालनमा अनुमति नदिइने

काठमाडौं । अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा...   
स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस...   

आजदेखि शुरु भएकोे मनसुन देशभर फैलिन केही दिन लाग्ने, आज यी स्थानमा बर्षा हुने

काठमाडौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै...   
मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

नेदरल्यान्डस्म । लेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले...   
खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा...   
अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति...   

२९ जना सवार गाडी नहरमा खस्यो, सात बालबालिका बेपत्ता

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका...   

प्रधामन्त्री रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमै ४३ हजार युवा उडे

काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top