Khabar Dabali Logo
  October 17, Thu

अन्तर्वार्ता पढ्नुहोस् र सुन्नुहोस्– बिबिसिमा के सोधिएको थियो ? के भने प्रधानमन्त्री ओलीले

बीबीसी– नेपालका प्रधानमन्त्री केपी ओली हामीसित स्टूडियोमा छन् । स्वागत छ प्रधानमन्त्रीज्यू कार्यक्रममा । के यसपालि सगरमाथा चढ्न यति धेरै अनुमति पत्र वितरण गर्नु गल्ती थियो ?

प्रधानमन्त्री– साँच्चिकै भन्नु पर्दा, यो हल्ला हो । त्यति धेरै अनुमति पत्र दिइएको छैन ।

बीबीसी– ३८१ अनुमति पत्रको त रेकर्ड नै भयो

प्रधानमन्त्री–  त्यो त्यति ठूलो संख्या होइन । कुरो कहाँ सुरु भयो भने पर्वातारोहीहरू राम्रो मौसमको प्रतिक्षा गर्दै थिए । उनीहरू आज भन्यो, आज भोलि भन्यो, भोलि नै जान सक्दैनन् । कहिलेकाहीँ धेरै दिन कुर्नुपर्ने हुन्छ ।

बीबीसी– हो, आरोहणका लागि दुईवटा मात्रै अवसर यसपालि मिल्यो, त्यो एउटा समस्या थियो । तर, ३८१ वटा अनुमति पत्र दिएपछि, शेर्पाहरूलाई समेत गन्ने भए त ६०० जना मानिस हिमालमा एकैचोटि पुग्ने भए नि । यसपालिको ट्राफिक जाम र सगरमाथामा भएका मृत्युहरूले के तपाईँलाई (आफ्नो नीति) परिवर्तन गर्नुपर्ने जस्तो लाग्दैन ?

प्रधानमन्त्री– पुनर्विचार आवश्यक छ । तर, प्रोपोगाण्डामा फैलाइए अनुसार त्यस्तो जटिल अवस्था छैन ।

बीबीसी– मृतकको संख्याका बारेमा कुरा गर्नु प्रोपोगाण्डा होइन । सम्पर्क अधिकृतका रुपमा नियुक्त ६० मध्ये ५ जना मात्रै आधार शिविरमा पुगे । के यो कुरा सुनेर तपाईंलाई नराम्रो लागेन ?

प्रधानमन्त्री– हो हामी अनुमति पत्रका बारेमा सावधान हुनु जरूरी छ…

बीबीसी– सम्पर्क अधिकृतहरू, जसले आरोहीहरूलाई निर्देशन दिनुपर्ने हो, त्यहाँ जाँदै गएनन् । पर्यटन मन्त्रालयले नै भन्छ कि उसलाई थाहा छ सबै सम्पर्क अधिकृतहरू आधार शिविर पुगेनन् । उनीहरू नगएकाले त्यहाँ भएका सीमित अधिकारीहरूलाई व्यवस्थापन गर्न गाह्रो भयो । उनीहरूले पैसा लिए, तर घरैमा बसे । के यो कुरा सुनेर तपाईँलाई नराम्रो लागेन ?

प्रधानमन्त्री– हो, हामीले यो कुरामा ध्यान पुर्‍याउनु छ । तर, मृत्यु भएको चाहिँ ट्राफिक जाम वा लाइन भएको कारणले होइन । यी फरक कुरा हुन् ।

बीबीसी– अब एभरेस्ट सम्बन्धी एउटा अन्तिम प्रश्न । तपाईँको सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष राखेको छ । के त्यहाँसम्म पुग्नुअघि केही कुरामा पुनर्विचार हुन्छ ?

प्रधानमन्त्री– हामीले केही नियमहरुमा परिवर्तन गरेका छौँ । आरोहीले कम्तिमा कतिजना गाइड लानुपर्छ, कति सिलिन्डर अक्सिजन लानुपर्छ र कतिजनालाई अनुमति पत्र दिँदा उपयुक्त हुन्छ… ।

बीबीसी– अब म बीआरआईका बारेमा सोध्न चाहन्छु । नेपालका लागि बीआरआई कति महत्वपूर्ण छ ?

प्रधानमन्त्री– हामीले के बुझ्न जरूरी छ भने नेपालमा राजनैतिक परिवर्तन भएको छ । हामी अब राजनैतिक विषयमा भन्दा सुशासनमा केन्द्रित छौँ….।

बीबीसी– तपाईँकै यो अभियान अन्तरगत ३ एयरपोर्ट, फास्ट ट्रयाक आदि अबका वर्षहरूमा बन्दैछन् । के तपाईँ विस्वस्त हुनुहुन्छ, तपाईँले ऋण तिर्न सक्नु होला ? श्रीलंकाले त ऋण तिर्न नसकेर चीनलाई आफ्नो बन्दरगाह भाडामा दिनुपर्‍यो ….

प्रधानमन्त्री– हामी वैदेशिक लगानीको स्वागत गर्छौँ र आफ्नो आवश्यकता अनुसार ऋण पनि लिन्छौँ । हामी अरूको कुरो गर्न चाहन्नौँ । हामी यसलाई आफंै व्यवस्थापन गर्न सक्छौँ ।

बीबीसी– तपाईँको योजनामा रहेका धेरै पूर्वाधारहरूको वातावरणीय प्रभाव नि ? कुनै कुनै पूर्वाधार त संरक्षित क्षेत्रभित्र पर्छन् । अन्तराष्ट्रिय एयरपोर्ट बनाउन त २५ लाख रूख काट्नुपर्छ….

प्रधानमन्त्री– यदि हामीले २५ लाख रूख काट्यौँ भने हामीले ५० लाख रूख रोप्न सक्छौँ । हामीले नदीको टर्निङ पनि गरिरहेका छौँ यसरी प्राप्त जग्गामा पनि हामी रूख रोप्छौँ । हाम्रो देशको ४५ प्रतिशत भूभागमा वन छ । हाम्रो देशको १७ प्रतिशत भूभाग हिउँले ढाकिन्छ र १३ प्रतिशतमा त सधैँ हिउँ हुन्छ । यसले रि–कुलिङ र रि–चार्जमा ठूलो भूमिका निर्वाह गरेको छ । हाम्रो देशको ४५ प्रतिशत भूभागमा वन छ । हामीले ६२ प्रतिशत जग्गा वातावरणसित सम्बन्धित मुद्दाहरूका लागि छुट्याएका छौँ । यसै वर्ष हामीले १ करोडभन्दा बढी रूख रोप्ने अभियान शुरु गर्दैछौँ ।

बीबीसी– के यसले नकारात्मक प्रभावहरूलाई सन्तुलनमा ल्याउला ?

प्रधानमन्त्री– हो । तपाईले मेरो ध्यानाकर्षण गराउनुभयो । हामीले विकासका काम गर्दा वातावरणलाई क्षति हुने खतरा रहन्छ । तर, हामी यसबारे सचेत छौँ ।

बीबीसी– हाम्रो समय सकिएको छ । तपाईँको समयका लागि धन्यवाद ।

जेठ ३० गते, २०७६ - ०८:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   

रोशनीको चोटमा महराको संलग्नताबारे यस्तो आयो फरेन्सिक जाँचको रिपोर्ट

काठमाडौं। निवर्तमान सभामूख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका...   
आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा...   
राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको...   
उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार  !

उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार !

काठमाडौं । कम्यूनिष्ट पार्टीहरुमा बेला–बेला विभिन्न नेताहरुको सांस्कृतिक विचलनबारे चर्चा चल्छ ।...   

नेपालमा जनयुद्धको जगमा गणतन्त्र आएको हो – ओली

काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको जगमा गणतन्त्र आएको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top