Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

विराटनगर । विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि आजदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ ।

धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे(छर्केने) कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले आज वडा नम्बर १, २, ३, र १० , यही जेठ ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा औषधि छर्किने भएको छ ।

यसैगरी आगामी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा औषधि छर्किने कार्यक्रम निश्चित भएको महानगरले जानकारी दिएको छ । बिहान ७ः०० बजेदेखि दिउँसो ११ः०० बजेसम्म औषधि छर्किने भएकाले उक्त समयमा खानेकुरा छोपेर राख्न महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

डेङ्गुका लक्षण

एक्कासी उच्च ज्वरो आउनु, ज्वरो पाँचदेखि सात दिनसम्म रहनु ,आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा र रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का (निलडाम) देखापर्ने, बेहोश हुने आदि लक्षण देखा पर्नसाथ नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त जाँच गराउनु पर्दछ ।

डेङ्गुबाट बच्ने मुख्य उपाय

लामखुट्टेको टोकाइबाट बच्नु, लामखुट्टेको वृद्धि विकासमा नियन्त्रण गर्नु, आफू बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नु, पानी जमेको स्थानमा हप्ताको दुई पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने, खानेपानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, खानेपानी ट्याङ्की हप्तैपिच्छे सफा गर्ने कुलरको पानीमा हप्तामा एक÷दुई चम्मा मट्टितेल हाल्ने, हप्तै पिच्छे कुलरको पानी सफा गर्नुपर्दछ ।

यस्तै घर वरिपरि पानी जमेको स्थानमा डढेको मोविल तथा मट्टितेल हाल्ने, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको वा पूरा शरीर ढाक्ने लुगा लगाउने र लामखुट्टेबाट वच्ने मलम दल्नु पर्दछ । डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेबाट बच्नु रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकले बताएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies