Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रधानमन्त्रीको राजकुमार ह्यारीसँग भेटः गोर्खा भर्ती त्रिपक्षीय सन्धिबारे ओली र टरिजा मेबीच यस्तो छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने जनाएका छन्।

ब्रिटेनको भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँगको भेटघाटमा त्यस्तो जनाएका हुन्।

मङ्गलवार अपराह्न ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

\"

प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र ब्रिटेनबीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताएका थिए।

प्रधानमन्त्री ओली र बेलायतकी प्रधानमन्त्री थेरेशा मेबीच द्विपक्षीय हितका विषयमा १० डाउनिङ स्ट्रिटमा केही बेरअघि वार्ता भयोे। उक्त अवसरमा नेपाल(वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको थियो।

उनले भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा ब्रिटिश सरकारलाई धन्यवाद दिँदै ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै उनीहरूका मागप्रति ध्यान दिन आग्रह पनि गरेका थिए।

सरकारको नेतृत्व परिवर्तनबारे प्रधानमन्त्री ओलीले ब्रिटेनमा के भने ?

त्यसको उत्तरमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताइन्।

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले गत सातामात्रै सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। अब केही सातापछि चुनिने सत्तारूढ दलका नयाँ नेता ब्रिटेनको नयाँ प्रधानमन्त्री हुनेछन्।

भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्।

तर ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो।

भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरूको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीस् ब्रिटिश(गोर्खा आर्मीका सम्बन्धमा सन्१९४७मा नेपाल, भारत र बेलायतबीच सम्पन्न त्रीपक्छीय सन्धी पुरानो भयो। यस सन्दर्भमा भर्ती, अवकाश तथा अवकाशपछिको अवस्था समेट्ने गरी नयाँ व्यवस्था गर्नु पर्छ, नेपाल र बेलायतबीच द्विपक्षीय सन्धी गर्नु पर्छ।

प्रधानमन्त्री ओलीले मङ्गलवार बिहान लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेका थिए।

भेटघाटमा आफूहरूले गोर्खा सैनिकको विषयमा नेपाल सरकारले ब्रिटेनसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने, त्यसो नभए गोर्खाहरू सशक्त सत्याग्रह आन्दोलन गर्न बाध्य हुने प्रधानमन्त्री ओलीलाई बताएको गोर्खा अगुवा ज्ञानराज राईले बताए।

राजकुमार ह्यारीसँग भेट
मङ्गलवार नै प्रधानमन्त्री ओली तथा उनकी पत्नी राधिका शाक्यले ओलीले लन्डनस्थित नेपाली दूतावासनजिकै रहेको केन्सिङ्टन प्यालेसमा गएर राजकुमार ह्यारीलाई भेटेका थिए।

ब्रिटिश राजपरिवारका सदस्य ह्यारीले झन्डै तीन वर्षअघि नेपालको भ्रमण गरी गोर्खा जिल्लामा भूकम्पबाट भत्किएको एउटा विद्यालय पुनर्निर्माण गर्न सघाएका थिए।

अफगानिस्तानमा तैनाथ ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरूसँगै केही दिन बिताएका राजकुमार ह्यारीले सार्वजनिक रूपमै गोर्खा सैनिकहरुको प्रशंसा गर्ने गरेका छन्।

ओलीले ब्रिटिश सांसदहरू तथा विपक्षी दलका नेता जेरेमी कोर्बिनसँग पनि भेटेका थिए।ओलीले सांसदहरूको सर्वदलीय समूहलाई सम्बोधन पनि गरे।

यसअघि प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जिनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमवार लन्डन आइपुगेका थिए।

मङ्गलवार प्रधानमन्त्री ओलीले लन्डनस्थित नेपालो दूतावासमा गैरआवासीय नेपाली सङ्घका अगुवाहरूलाई पनि भेटेका थिए।

भेटमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालको संसद्‌मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा रहेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो, छरितो र झन्झटमुक्त बनाउन आग्रह गरेका थिए।

त्यस्तै गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष योगकुमार फगामीले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल वायुसेवा निगमको लन्डन-काठमाण्डू सीधा हवाइसेवा सञ्चालन गर्न माग गरेका थिए।

बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित समारोहमा सहभागी भएर ओली भूमिगत रेलबाट लन्डनबाट फ्रान्सको प्यारिस जानेछन्।

प्रधानमन्त्री ओलीको आउँदो आइतवार स्वदेश फर्कने कार्यक्रम छ ।

बीबीसी नेपालीकाे सहयाेगममा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies