Khabar Dabali Logo
  August 19, Mon

काठमाडौंका तीन स्थानमा मनसुन मोबाइल मेला, मोबाइल किन्दा छुटैछुट

काठमाडौं । राजधानीको तीन स्थानमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको एप्पल वल्र्ड मोबाइल र सुन्धाराको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको हो ।

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । आईमार्स मिल्की वे एम २, लेनोभो के ६ नोट, आई मार्स भि सन ६ लगायत मोडलका मोबाइलको हकमा यो अफर लागू हुनेछ । मेलाको आकर्षणका रुपमा रहेको आईमार्स मिल्की वे एम टू मोबाइल १५ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने छ ।

२ वटा सिमकार्ड प्रयोग गर्न सकिने मिल्की वे एम २ मोबाइलमा ओ एस एण्ड्रोइड ८.१ भर्सन तथा ३२०० एमएएचको व्याट्री छ । ५ दशमलव ४५ इञ्चको क्यूएचडी आईपीएस स्क्रीन रहेको मिल्की वे २ मा ८ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ । २ जीबी र्याम तथा १६ जीबी स्टोरेज रहेको मिल्की वे २ गोल्डेन तथा ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

२५ हजार ९ सय ९९ रुपैंयामा २ वटा मोबाइल खरिद गर्न सकिने लेनोभो के ६ नोटमा ४ जीबी र्याम तथा ३२ जीबी स्टोरेज छ । ८ मेगा पिक्सेलको फ्रण्ट तथा १६ मेगापिक्सेलको रियर क्यामेरा रहेको के ६ नोटमा ४ हजार एमएएचको व्याट्री छ । फूल मेटल डिजाइन युक्त के ६ नोटमा फिंगरप्रिन्ट सेन्सर, डल्बी अटमस साउण्ड, ५.५ इञ्चको एफएचडी स्क्रीन तथा २ वटा सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

१० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७ तथा ५ इञ्चको एचडी आईपीएस स्क्रीन छ । यसका साथै १ जीबी र्याम, १६ जीबी स्टोरेज तथा २२०० एमएएचको व्याट्री रहेको भि सन ६ मा २ वटा सिम प्रयोग गर्न सकिन्छ ।

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । सोमबारदेखि सुरु भएको मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

जेठ २७ गते, २०७६ - १७:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीको नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज

काठमाडौं । व्यापारी अजयराज सुमार्गीको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल स्याटेलाइटको...   
रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले पत्रकार रवि लामिछानेको पक्षमा भईरहेको...   
कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

काठमाडौं । कश्मीर विवादबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले कश्मीर विवाद नजिकबाट...   
छानबिनमा तानिए पछि उच्च अदालत पोखराका न्यायाधीशले दिए राजीनामा

छानबिनमा तानिए पछि उच्च अदालत पोखराका न्यायाधीशले दिए राजीनामा

काठमाडौं । गोर्खा बु्रअरीको अन्तशुल्क मुद्दामा छानविनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि...   
यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

एजेन्सी । ५१ वर्ष पहिला वेपत्ता भएको भारतीय वायुसेनाको एन–१२ बीएल–५३४ विमान फेला परेको छ । डोगरा स्काउट्...   
अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

बिबिसी । अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका...   
पैसा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

पैसा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको...   
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको सुनको भा्उ आज सोमबार भने स्थिर रहेको छ । आज छापावाल सुन...   

प्रचण्डको स्पष्ट जवाफ : नेकपाको सरकार ५ वर्ष, प्रधानमन्त्री ओली पनि समझदारी अनुसार

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकाे सरकार पाँच...   

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top