Khabar Dabali Logo
  July 20, Sat

विश्व चर्चित १२ सेक्स काण्ड

एजेन्सी । मानिसहरू यौन उत्तेजनामा पुगेएको अवस्थामा होस् गुमाउने गरेको घटनाले बेलाबखमा चर्चा पाउने गरेको छ । यस्तो हुनुमा आफुलाई नियन्त्रण गर्न नसक्नु नै हो । कतिपय भने नयाँ रेकर्ड र प्रयोग गर्ने उद्देश्य राख्दा यस्ता घटनाको चर्चा हुने गर्छ । विश्वमा त्यस्ता सेक्स काण्डहरू छन् जुन विश्व मै चर्चा पाएका छन् । ती केही अनौठा सेक्स काण्डबारे यहाँ चर्चा गरिएको छ ।

जहाजको ककपिटमा
जहाजको ककपिट कति सम्वेदनशिल हुने सबैलाई थाहा भएकै कुरा हो । त्यस्तो संवेदनशील ठाउँमा सकरी यौन कार्य भयो सोच्दा अनौठो लाग्न सक्छ । यस्तै अनौठो घटना सन् १९१६ भएको थियो । सयौँ मिटरमाथि आकाशमा उडिरहेको वाइजहाजमा यौन क्रियाकलापको पहिलो घटना बनेको छ । जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए ।

अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो ।

प्रहरी भ्यानको बोनेटमा
एउटा डच जोडीले त हदै गर्‍यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो । आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए ।

तीव्र गतिको मोटरवेमा
नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए ।

घर पुग्ने धैर्य नभएपछि
इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया गरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले ।

यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ पर्‍यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एक जना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे ।

कार पार्किङमा
सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’ उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन ।

घण्टाघरको बाल्कोनीमा
अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घण्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर उनीहरू संभोगमा व्यस्त थिए । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घण्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो । उक्त घण्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे ।

दरबारको बगैँचामै
अप्रिल २००९ मा बेलायतको विन्डसोर क्यासलको बाहिरपट्टि सार्वजनिक स्थलमा यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यस बेला पर्यटकहरू उक्त दरबारको दृश्यावलोकन गरिरहेका थिए । तर, उनीहरूले त त्यसका लागि तिरेको मूल्यमा केही बोनस दृश्यसमेत देख्न पाए । दरबारको बाहिरपट्टि घाँसे मैदानमा एक जोडी नग्न अवस्थामा यौनकार्य गरिरहेका थिए ।

उमेरले तीसको पूर्वार्द्धमा रहेको जोडी उक्त घाँसे मैदानमा जान नपाउने सूचनालाई बेवास्ता गर्दै यस्तो कार्य गरिरहेको थियो । सार्वजनिक स्थानमा भएको उक्त कार्य नजिकै रहेका होटेल, पब र पसलमा रहेकाले देखेका थिए । उक्त कार्य भइरहेका वेला रानी पनि दरबारमै थिइन् ।

बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स
फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् । उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन् उनी बेहोसै भइन् ।

क्रेनमाथि बसेर
अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो ।

चर्चमा प्रार्थना भइरहेका समयमा
इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग गर्‍यो । त्यहाँ त एक जोडी संभोगमा पो व्यस्त रहेछन् । यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो ।

समुद्री किनारमा
बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबार बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको प्रवाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे ।

एटिएम बुथभित्र
स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए ।

जेठ २५ गते, २०७६ - १८:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २ सय जना कर्मचारीलाई घुससहित रंगेहात...   

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको...   
केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली महिलाहरु आज आफन्तको...   
कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको...   
सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर...   
कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य...   
किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ...   

मन्त्रिपरिषद्काे निर्णय : विद्यूत बस किन्न साझालाई ३ अर्ब

काठमाडौं । मन्त्रीपरिषद वैठकले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराउने...   

विप्लव समुहले वार्ताको होहल्ला गरेर लाभ लिन खोज्यो : मन्त्री बास्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले वार्ताको होहल्ला गरेर विप्लव समुहले...   
बुद्धको मुर्ति तोडफोडप्रति कांग्रेसद्धारा दुःख व्यक्त, दोषीलाई यथासीघ्र कारबाही गर्न माग

बुद्धको मुर्ति तोडफोडप्रति कांग्रेसद्धारा दुःख व्यक्त, दोषीलाई यथासीघ्र कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले गौतम बुद्धको मुर्तिहरु तोडफोड गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top