Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

के मेयर द्धारीकालाल चौधरी कानूनभन्दा माथि हुन् ? प्रश्न सोध्ने पत्रकारको नाकको हड्डी भाँच्नुपर्छ ?

काठमाडौं । इटहरीका मेयर द्धारीकालाल चौधरी बेला–बेला चर्चामा आईरहन्छ । उनले गरेका कतिपय व्यवहार अनि प्रस्तुती सर्वत्र निन्दाको विषय बनिरहेको छ । पछिल्लो समय उनले पत्रकारलाई ‘नाकको हड्डी भाँच्छु’ भनेको विषयले अहिले चर्चा पाएको छ ।

सत्तारुढ नेकपाका नेतासमेत रहेका चौधरी बारे पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक टिप्पणी भएको छ । उनले कर्मचारीलाई कार्यकक्षमै कुटेको विषयदेखि प्रश्न सोध्ने पत्रकारलाई कुटपिटको तहमा उत्रदैं धम्की दिएको विषयले चर्चा पाएको हो । चौधरीले गरेका पछिल्ला गतिविधिले कानूनको सर्वौच्चता र अन्य अंगहरुको विषयमा प्रश्न उठाएको छ । उनले कानूनभन्दा माथि हुँ भन्ने जसरी विरोधीलाई सिध्याउने तहमा लाग्नुले प्रश्न उब्जेका छन् ।

कर्मचारीलाई कुटेका थिए
गत जेठ ८ मा मेयर चौधरीले इटहरी उपमहानगरपालिका वडा नं. १८ का वडाका सचिव मनोज दाहाल र सबइञ्जिनियर रामबहादुर थापालाई कुटेका थिए । उनले कर्मचारीलाई घुस्याहा भन्दै कुटेका थिए । पीडित कर्मचारीहरुले सिसी क्यामेरा बन्द गरेर आफुहरुलाई कुटिएको बताएका थिए । जसको विरुद्धमा कर्मचारीहरु आन्दोलित हुँदा केहि दिन नगर र नगरको वडाहरुका कामकाज ठप्प भएको थियो ।

कर्मचारी कुटपीटको काण्डबारे प्रश्न सोध्दा पत्रकारलाई नै कुट्न पुगे
कर्मचारी कुटपीटको बारे पत्रकारले प्रश्न सोध्दा मेयर चौधरीले दुव्र्यहार गरेका थिए । उनले पत्रकार भेटघाट कार्यक्रमकै बीच पत्रकारलाई दुव्र्यहार गरेका थिए । पत्रकारले कानूनी प्रक्रियाबाट घुस्याहा कर्मचारीलाई कारबाही गर्ने प्रावधान हुँदाहुँदै तपाईंले किन यस्तो व्यवहार गरेको भनि प्रश्न सोध्दा उनले तिम्रो हैसियत के हो भन्दै दुव्र्यवहार गरेका थिए ।

प्रश्न सोध्दा गरिएको दुव्र्यहारबारे मिडियामा चर्चा भएपछि उनले पत्रकारहरुलाई धम्क्याउँदै आएका छन् । उनले आफ्नो कार्यकक्षमा पत्रकारलाई निषेध जस्तै व्यवहार गर्दै आएका छन् । पछिल्लो समय उनलाई प्रश्न सोध्ने पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्छु भन्दै फोनमा धम्क्याएका थिए ।

मेयर द्धारीकालाल चौधरीले पत्रकारलाई फोन मार्फत धम्क्याउँदै अब नाकको हड्डी भाँच्छु भनेका छन् । उनले फोनमा यसो भनेका छन्, ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ, अब म गुण्डागर्दीमै उत्रिएँ । तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाई ।’

सिएफल काण्डमा मुछिएका थिए चौधरी
तत्कालिन नेकपा एमालेको तर्फबाट इटहरी उप–महानगरपालिकाको मेयर बनेका द्धारिकालाल चौधरी मेयर बनेको केहि समय मै विवादमा आएका थिए । उनी सिएफल खरिद काण्डमा मुछिएका थिए । चौधरीले सिएफल खरिद गर्दा घुस खाएको भन्दै मिडियामा सार्वजनिक भएको थियो । सामान्य बजार मुल्यभन्दा दोब्बर बढिको बिल तयार पारिएको भन्दै विरोध भएको थियो । अख्तियारले छानविनमा ल्याए पनि कारबाही भएको छैन् । २० लाखभन्दा बढि अनियमतता भएको विषय बाहिर आएको छ ।

मेयरले आत्माआलोचना गर्नुपर्छ – नेकपा नेता
मेयर चौधरीको व्यवहारबारे नेकपाकै नेताहरु असन्तुष्ट छन् । नेकपाका नेताहरुले चौधरीलाई आत्माआलोचना गर्न सुझाएका छन् ।

प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत चौधरीलाई आत्माआलोचना गरेर अगाडि बढ्न सुझाएका छन् उनले लखेका छन्, ‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन्’ मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुबै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’

नेकपाकै अर्का नेता योगेश भट्टराईले पनि चौधरीका कतिपय अभिव्यक्तिहरू उनको राजनीतिक उचाईलाई सुहाउने खालको नभएको टिप्पणी गरेका छन् । भट्टराईले लेखेका छन्, ‘तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मआलोचना गरी पदीय गरिमा र पार्टीको प्रष्तिष्ठाप्रति सचेत रहन मेयर चौधरीलाई बिनम्र अनुरोध गर्दछु ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies