Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अब बजारमा डिजिटल प्रविधिमा तरकारी मूल्यसूची

कैलाली । कैलालीको टीकापुरकी पुनम मगर तरकारी किन्न हाटबजार गइन् । उनको नजर ताजाताजा तरकारीतिर होइन, हाटबजारमा राखिएको डिजिटल मूल्यसूचीमा गयो । उनले पाँच मिनेट तरकारीको मूल्यसूची हेरिन्, अनि लाग्नुभयो ताजा तरकारी छान्न ।

टीकापुरमा हरेक साताको बुधबार र शनिबार तरकारी हाटबजार लाग्छ । हाटबजारमा आउने उपभोक्ता तथा ग्राहकलाई किनमेलमा सहजता होस् भनी सबैले देख्न सक्ने गरी डिजिटल प्रविधिमा तरकारी मूल्यसूची राखिएको छ । पुनमले भनिन्, “अब सजिलो हुनेभयो, तरकारी बिक्रेताले मनोमानी मूल्य लिन पाउने भएनन् ।”

डिजिटल ‘डिस्प्ले’ मूल्यसूचीमा व्यापारीबीचको छलफलपछि तरकारी खरीदबिक्री मूल्य निर्धारण गरी सेट गरिन्छ । “जसले व्यापारीबीचको मूल्यमा पनि एकरुपता आओस् भन्ने उद्देश्य हाटबजार सञ्चालकको छ”, कृषक पूर्ण चौधरीले भन्नुभयो, “हाट बजारमा तोकिएको मूल्यकै आधारमा व्यापारीले विभिन्न खाद्यान्न बाली, तरकारी, कृषि उपजमा कारोवार गर्ने गर्दछन्, यसले सजिलो पनि भएको छ ।”

हाट बजारमा डिजिटल प्रविधिमा मूल्यसूची राख्दा उपभोक्ता ठगिनबाट जोगिने बताउँछन् । “डिजिटल प्रविधिमा हाटबजारमा खरीद बिक्री हुने विभिन्न वस्तुको मूल्य सहजै थाहा पाउन सकिन्छ, ठगिने डर रहेन”, उपभोक्ता पूजा न्यौपानेले भन्नुभयो, “विगतमा व्यापारीले मनोमानी मूल्य लिन्थे, मूल्यमा एकरुपता हुँदा व्यापारीसँग धेरै सोधपुछ गर्न पनि पर्दैन ।”

डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा उपभोक्ता मात्र नभइ बिक्रेता व्यापारीलाई पनि सहज हुने हाटबजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु डगौरा थारुको भनाइ छ । “डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा हाटबजारमा आउने कृषि उपजको मूल्यको डाटा सङ्कलन हुन्छ, यसले गर्दा मूल्य समायोजनामा सहयोग पुग्छ”, उनले भने्, “कम्प्युटर प्रणालीमार्फत मूल्यसूची राखिने भएकाले क्रेता विक्रेतालाई मात्र नभइ बजारमा हुने तरकारीको मूल्यमा आउने उतारबारे विश्लेषण समेत गर्न सहनहुन्छ ।”

सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा पाँच स्थानमा डिजिटल प्रविधिको मूल्यसूची डिस्प्ले मेसिन वितरण गरेको हो । मन्त्रालयका माटो तथा अर्थविज्ञ घनश्याम चौधरीले कृषक, उपभोक्ताको मागका आधारमा कैलालीको धनगढी उपमहानगरपालिकाको त्रिनगर हाटबजार, गौरीगङ्गा नगरपालिकाको चौमाला हाटबजार र टीकापुर नगरपालिकाको हाटबजारलगायतका ठाउँमा डिजिटल प्रविधिको मूल्यसूची जडान गरिएको जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies