Khabar Dabali Logo
  October 17, Thu

अष्ट्रियामा रहेका नेपाली समुदायलाई वन मन्त्रीको आग्रह – सन्ततिकोलागि भए पनि नेपालमा लगानी गर्नुस्

भियना । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आग्रह गरेका छन् । नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा सिकेको सिप र आर्जन गरेको पूँजी नेपालमा लगानी गर्न आग्रह गरेको हो ।

‘नेपाल राजनीतिक स्थिरता हासिल गरेर आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणको दिशामा छ । समृद्ध राष्ट्र निर्माणका लागि प्रवासमा रहनुभएका नेपालीहरुको योगदानको खाँचो छ,’ उनले भने, ‘विदेशमा स–परिवार रहने नेपालीहरुले त झनै आफ्ना सन्ततिहरुलाई भविस्यमा आत्म सम्मानको लागि भए पनि नेपालमा लगानी गरिदिनु होस् ।

मन्त्री बस्नेतले नेपालको वन जंगल आय स्रोतको एक हिस्सा भएको बताउँदै नेपाली जडिबुटीलाई प्रशोधन गर्न सातवटै प्रदेशमा प्रशोधन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । उनले वन्य जन्तु चोरी सिकारी रोक्न वन्य जन्तुको व्यवसायिक पालनका लागि कानून बन्न लागेको जानकारी दिए ।

वन्य जन्तु चोरी सिकारी हुने कुराको अन्त्य गर्नका लागि व्यवसायिक रुपमै वन जंगलमा हुने जनावर पाल्न कानूनी प्रावधान गरिनेछ,’ उनले भने, ‘तपाईंहरुले यस क्षेत्रमा पनि लगानी गर्न सक्नु हुन्छ ।’ मन्त्री बस्नेतले अष्ट्रियामा रहेका नेपालीहरुले नेपाल र अष्ट्रियाबीचको पुलको काम गर्नुपर्ने बताए ।

कार्यक्रममा मञ्चका संयोजक धर्मराज खतिवडाले समृद्ध नेपाल, सुखी नेपालीको नेपाल सरकारको अभियानमा साथ दिन अष्ट्रियामा रहेका नेपाली समुदाय तयार रहेको बताए । उनले साना साना पूीजहरुलाई जम्मा गरि लगानी गर्न सजिलो हुने वातावरण बनाई दिन नेपाल सरकारलाई आग्रह गरे ।

जेठ १७ गते, २०७६ - १४:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनी । वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय...   
पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको  उद्धार

पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको उद्धार

काठमाडौं । नेदरल्यान्ड्सको रुइनरवोल्डमा रहेको एक फार्महाउसको गोप्य सेलरमा लुकिरहेको एक परिवारलाई...   

काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १...   

सांसदहरू धमाधम पक्राउ परेपछि यसाे भन्छन् डा. बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको...   

वाणिज्य बैंकले ३० जनालाई निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क...   
उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य...   
विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

काठमाडौं । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन...   

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

वासिङटन । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी...   

छिमेकिको खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई...   
फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top