Khabar Dabali Logo
  January 21, Tue

प्रदेश ५ मा एक सय ८५ औलो रोगी भेटिए

बाँके। प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् ।

सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । ‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पु¥याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।

निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंद्वारा प्रस्तुत तथ्याङ्कमा प्रदेश नं ५ को बाँकेमा ५२ औलो रोगी रहेका छन् । औलो रोग नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औलो रोगीका सङ्ख्या घटे पनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको हो । सार्वजनिक तथ्याङ्कका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ ।
औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए ।

जेठ १७ गते, २०७६ - ११:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आवासीय भवनमा भवनमा आगलागी, एघार जनाको मृत्यु

आवासीय भवनमा भवनमा आगलागी, एघार जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार...   
भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ : प्रधानमन्त्री ओली

भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक...   
उपसभामुख माग्न प्रचण्ड निवास पुगे रामचन्द्र पौडेल

उपसभामुख माग्न प्रचण्ड निवास पुगे रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष पुष्पकमल...   
होटेलमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु, (मृतकको नामावलीसहित)

होटेलमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु, (मृतकको नामावलीसहित)

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको...   

आज फेरि सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ३०० रुपैंयाँले बढेको...   
युद्धमा बेपत्ता २० हजार व्यक्तिकाे मृत्यु भएकाे राष्ट्रपति राजपक्षद्वारा पहिलो पटक स्वीकार

युद्धमा बेपत्ता २० हजार व्यक्तिकाे मृत्यु भएकाे राष्ट्रपति राजपक्षद्वारा पहिलो पटक स्वीकार

एजेन्सी । श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी...   
नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । मंगलबार जारी गरेको भर्नासम्बन्धी सूचनामा...   
सभामुख पदमा अग्नी सापकोटाको मनोनयन दर्ता

सभामुख पदमा अग्नी सापकोटाको मनोनयन दर्ता

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि...   

सभामुख पदमा काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली काँग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको...   

सभामुख पदका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं। रिक्त प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । आगामी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top