Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पत्रकार खड्काका पुस्तक विमोचन गर्दै प्रचण्डले भने– जनयुद्ध इतिहासकै ठुलो विद्रोह थियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश वर्षे जनयुद्धको बलिदानले पृथ्वीनारायण शाहको एकीकरण र अन्य बलिदानलाई समेत बिस्र्याइदिएको बताएका छन्। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ को सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको वैचारिक प्रतिबद्धताले दश वर्षे जनयुद्ध सफल भएको बताए। उनले भने, ‘नेपाली समाजको सबैभन्दा पछि परेको र सबैले बेवास्ता गरेका मान्छेहरु नै जागेका हुन्। जनयुद्धमा गरीब दलित, मधेशी, आदिवासी, जनजाति, मुस्लीम, गरीब मजदुर किसानहरु र त्यसमा पनि महिलाहरु चुलो चौकोबाट निस्केर बन्दुक बोकेर मोर्चामा सबभन्दा अगाडि सरेको र जिउँदै जलाइँदा वा आँखा झिकेर मार्दा पनि नझुक्ने कृतिमानहरु कायम हुन पुगेका हुन्।’

उनले आज सार्वजनिक पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ वास्तवमा एक पत्रकारको मात्र भोगाइ नभएर दश वर्षे द्वन्द्वको क्रान्तिकारी भोगाइ भएको बताए। उनले भने, ‘यो पत्रकारको मात्र भोगाइ होइन। एउटा उद्देश्यको निम्ति सर्मपित क्रान्तिकारीहरुको भोगाइ हो।’

उनले थपे, ‘यो पुस्तक मार्फत जिवन्त रुपमा युद्धका ती दिनलाई अभिव्यक्त गरिएको छ । र, आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न नेपाली समाजले, नेपाली जनताका छोराछोरीले के कस्ता त्याग र तपस्या गर्नुपर्यो, कस्तो भोगाइहरु भोग्नुपर्यो भन्ने बारेमा बडो जिवन्त रुपमा लेखकले उतार्नुभएको छ। पहिलो कुरा हाम्रो यो अहिलेको परिस्थिती जे बनेको छ यसको पछाडिको सम्पूर्ण घटनाक्रमहरु यसका पछाडि रहेका विचारहरु राजनीतिक, रणनीतिक कार्यक्रमहरुको बारेमा पुस्तकले समेटेको छ।’

नेपाली जनताले नेपालको इतिहासमै सबैभन्दा ठूलो बलिदान कसरी गरेको थियो भन्नेकुराका बारेमा अझै आधकारिक र प्रमाणिक रुपमा जति समाजिक साहित्य बाहिर आउनुपर्ने थियो अझै आइनसकेको भन्दै उनले भने, ‘तर त्यो आउने प्रक्रिया जारी छ। विभिन्न रुपमा विभिन्न लेखकहरु, पत्रकारहरु, साहित्यकारहरु, कवि कलाकारहरुले यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सत्य तथ्य बाहिर ल्याउने प्रयास गरिरहनु भएको छ ।’

उनले एकातिर श्रमजीवी वर्ग र आमुल परिर्वतनका निम्ति समर्पित व्यक्तिहरुले त्यसलाई बाहिर ल्याउने पक्रिया, त्यसलाई हेर्ने आखाँ, अर्कोतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुले त्यसलाई हेर्ने र बाहिर ल्याउने प्रक्रिया भइरहेको बताए। संयुक्त राष्ट्रसंघले त्यतिबेला के कस्ता घटनाहरु राज्यबाट भए। के कस्ता घटनाहरु विद्रोहीबाट भए। मानिसहरु कसरी बेपत्ता भए, कस्ता यातनाको बिचबाट सिंगो समाज अगाडी बढ्यो भन्ने बारेमा आफ्नो कोणबाट त्यसलाई अगाडी ल्याउने प्रयास भइरहेको बताए।

उनले त्यो क्रम अझै जारी रहने समेत बताए। उनले भने, ‘एउटा सानो घटना केही मानिसहरुको बलिदान भयो भने हामीले त्यसलाई बर्षौंसम्म त्यसको पक्ष वा विपक्षमा चर्चा परिचर्चा भइरहन्छ। तर, युद्धका ती दिनहरुले १० वर्षका ती दिनहरु, नेपालको इतिहासमा १५ हजार मानिसहरु मरेको दुईहजारको हाराहारीमा बेपत्ता भएको अनगिन्ती यातनाबाट गुज्रिएको र त्यसबाट अहिलेको नेपालको राजनीतिक प्रणालीसम्म आउने वातावरण बनाएछ र त्यसको सयौं वर्षसम्म चर्चा परिचर्चा भइरहन्छ।’

जनयुद्धका बारेमा संगीता खड्का युद्धका ती दिनहरुका बारेमा युद्धकालका घटना र क्रान्तिकारीहरुले भोगेका पीँडालाई बडो इमान्दारीका साथ पुस्तकमा उतारेकोमा आफू खुसी भएको उनले बताए।

उनले पुस्तकमा कुनै काल्पनिकता नभेटेको बताए। उनले भने, ‘यो पुस्तक पढ्ने कोही पनि पाठकलाई त्यतिबेलाका भोगाइहरु, संघर्षका अनुभवहरुलाई प्रत्यक्ष आफू सहभागि भए झंै गरी अनुभूति गर्न यसले सक्षम बनाउँछ। उहाँहरुले पत्रकारको रुपमा धेरै राजनीतिक काम गर्नुहुन्थ्यो । एउटा योद्धाले पार्टी हेड क्वाटर र लिडरशिपलाई त्यो आन्दोलनको सफलताको निम्ति, राजनीतिक औचित्य सिद्ध गर्नको निम्ति विभिन्न पक्षसँग वार्ता संवादको वातावरण बनाउनको निम्ति र राज्यका सरचनाहरु पार्टी हेडक्वाटरसम्म पुर्याउनका निम्ति ठूलो योगदान गर्नुभएको छ।’

उनले युद्धकालमा धेरै मानिसहरु परिचालित भएको बताए। उनले भने, ‘चाहे त्यो पत्रकारको रुपमा होस्, चाहे त्यो वुद्धिजीवी प्राध्यापक, विद्यार्थीको रुपमा या मानवअधिकारवादीको रुपमा होस् वा सांस्कृतिकर्मीको रुपमा सबैको योगदान उत्तिकै छ। यसको झल्को यो किताबबाट राम्रैसँग आउँछ। त्यतिबेला देशभित्र र बाहिर भूमिगत रुपमा भएका ती सबै घटनाक्रमहरु कृतिमा जस्ताका त्यस्तै उतारिएका छन्।’

कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध बहुआयामिक भएको समेत प्रष्ट्याए। उनले भने, ‘जनयुद्ध यति धेरै बहुआयामिक थियो, यतिधेरै गम्भिर विचारधारात्मक र राजनीतिक प्रकृतिको थियो कि राजनीतिक ढङ्गले संवाद गर्ने कुनै पनि चाहाना हामी छोड्न चाहँदैन थियौं। हामी पहिलो दिन देखि नै एउटा निश्चित राजनीतिक उद्देश्यद्वारा प्रेरित पार्टी हांै र जनयुद्ध शुरु गर्नुभन्दा अगाडि पनि राज्यसँग संवादमा थियौं, संवादबाट सकारात्मक ढङगले समाधान निस्कन्थ्यो भने हामी युद्धमा जाने पनि थिएनौं।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies