Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सिडी, डिभिडी र मोबाइलका कारण सबै सिनेमाघर बन्द

सिरहा। सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका प्रायःसबै सिनेमाघर बन्द भएका हुन् ।

विगत एकदशक अघिसम्म जिल्लामा एक दर्जन सिनेमा घर सञ्चालनमा रहे पनि अहिले जेनतेन एउटा मात्र सञ्चालनमा छ । लहानमा सञ्चालित पशुपति सिनेमा चलचित्र मन्दिरबाहेक अधिकांश सिनेमा घर बन्द भइसकेका छन् ।

सूचना र प्रविधिको विकासले अहिले सिनेमाघर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा भएको सिनेमा घर सञ्चालकले बताएका छन् । एकदशक अघिसम्म सिरहामा आधादर्जन सिनेमा घर सञ्चालित थिए । सिनेमाघर बन्द रहँदा करोडौँ मूल्य बराबरको सम्पत्ति प्रयोगविहीन हुनाका साथै भवनसमेत जीर्ण भएका छन् । नयाँ चलचित्र शुभारम्भ गर्नासाथ बजारमा त्यसको सिडी र डिभिडी उपलब्ध हुने भएकाले पनि चलचित्र घरसम्म पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या अहिले निकै कम भइसकेको छ ।

लहानस्थित श्याम चलचित्र मन्दिरका सञ्चालक नीरज गुप्ताले भन्नुभयो, \'बिस्तारै बिस्तारै सिनेमाप्रति सर्वसाधारणका चाहना घट्दै गएको छ । पहिलापहिला सिनेमा हलमा दर्शकको भीड हुन्थ्यो अहिले त विरलै हल भरिने गरेको छ ।\' सर्वसाधारणको चलचित्रप्रति चाहना घट्दै गएकाले सिनेमाघर सञ्चालन गर्न समस्या भइरहेको गुनासो गर्दै उनले जोड दिए, \'दर्शक कम भएपछि लगानीको अनुपातमा आम्दानी कम हुन्छ, लगानी बढी हुने भएकाले हल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।\'

\'बजारमा सस्तो मूल्यमै पाइने सिडी, डिभिडी र मोबाइलमा विभिन्न किसिमका फिल्म हेर्न पाइहाल्छ, अनि किन सिनेमा हेर्न सिनेमा हल जानुपर्यो ?\' स्थानीयवासी सत्यनारायण चौधरी भन्छन्, \'अब तीन घण्टासम्म सिनेमाघर बसेर सिनेमा हेर्नुपर्ने बाध्यता टरेर गएको छ । घरमै बसेर जतिखेर पनि इच्छा लागेको फिल्म हेर्न पाइहालिन्छ नि ।\'

बजारमा तीन–चार हजारसम्ममा पाइने सिडी, डिभिडी भाडामा पाइने भएकाले सिनेमाघर जानुपर्ने बानी छुटिसकेको जानकारी दिँदै उनी बताउछन्, \'थोरै पैसामा सबै परिवार एकै ठाउँमा बसेर फिल्म पनि हेरिहालिन्छ, समयको पनि बचत हुन्छ, यसैले सिनेमा हलमा पुगेर सिनेमा हेर्ने बाध्यता अहिले छैन । \'

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies