Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

दोस्रो पटक प्रचण्ड बहुमत प्राप्त गर्ने देशका तेस्रा प्रधानमन्त्री हुन् मोदी

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा लोकसभा चुनाव २०१९ बाट बीजेपीले प्रचण्ड बहुमत प्राप्त गरेको छ । यो भारतको लोकतान्त्रिक इतिहासमा एक नयाँ अध्याय पनि हो । पण्डित जवाहर लाल नेहरु र इन्दिरा गान्धी पछाडि दोस्रो पटक पूर्ण बहुमतका साथ सत्तामा जाने नरेन्द्र मोदी तेस्रा प्रधानमन्त्री हुनेछन् ।

भारतीय जनताले एनडीए गठबन्धनलाई फेरि एकपटक प्रचण्ड जनादेश दिए र बीजेपी प्रति झनै विश्वास देखाएका छन् । लोकसभा चुनाव २०१९ मा भाजपा एकलैलाई ३०३ सिट जिताएका छन् । गठबन्धनसहित जोड्दा ३५२ सिट पुगेको छ । २०१४ को चुनावमा भाजपाले एकलै २८२ सिट ल्याएको थियो । अहिले विपक्षी कांग्रेसले ५२ सिट प्राप्त गरेको छ । सपा र बसपा गठबन्धनले १५ सिट प्राप्त गरेको छ ।

यस्तो थियो भारतको पहिलो लोकसभा चुनाव
भारत स्वतन्त्रता पश्चात सन् १९५१ मा देशको पहिलो लोकसभा चुनाव भएको थियो । त्यसबखत जवाहर लाल नेहरुको नेतृत्वकाे पार्टीले करिब तीन चौथाई सिट हासिल गरेको थियो । सन् १९५७ र १९६२ मा भएको लोकसभा चुनावमा पनि उनलाई पूर्ण बहुमत प्राप्त भएको थियो । हुनत त्यसबखत कांग्रेसलाई चुनौति दिने खालको कुनै दोस्रो पार्टी थिएन । त्यससमय भारतीय जनसंघ, किसान मजदुर प्रजा पार्टी र अन्य दलहरू भर्खरै राजनीतिक सुरूवातीमा थिए ।

\"first

सन् १९५१ को लोकसभा चुनाव मा ४८९ सिटमा कांग्रेसले ३६४ सिट जितेको थियो । त्यस समय कांग्रेसलाई ४५ प्रतिशत मत प्राप्त भएको थियो । त्यसपछाडिका चुनावहरु भने केहि चुनौतिपूर्ण नै रहे । नेहरुले १९५५ मा ‘हिन्दु विवाह कानून’ पास गरेपछि धेरै विरोध भएको थियो । त्यससमय उनको पार्टीलाई ३७१ सिट मिलेको थियो । १९६२ मा भएको लोकसभा चुनावमा जवाहर लाल नेहरुको नेतृत्वको कांग्रेसले कुल ४९४ सिटमध्ये ३६१ सिटमा जित हांसिल गरेको थियो ।

इन्दिरा गान्धीको निरन्तर जीत
सन् १९६२ को चुनाव पश्चात इन्दिरा गान्धी राजनीतिमा सक्रिय भएकी थिइन् । सन् १९६७ मा भएको चुनावमा उनी पुरै हिसाबले पार्टीको कमाण्ड सम्हालेकी थिइन् । त्यस समय ५२० सिटको लागि भएको लोकसभा चुनावमा कांग्रेसले २८३ सिट मात्रै जितेको थियो । यो इन्दिरा गान्धीको पहिलो निर्वाचन अनुभव थियो । हुनत, त्यस समय कांग्रेस पार्टीभित्र विभाजन थियो । पार्टीका केहि वरिष्ठ नेता मिलेर अर्को (कांग्रेस ओ) नामकाे पार्टी गठन गरेका थिए ।

\"सम्बन्धित

यस दौरान इन्दिरा गान्धीले एक मास्टर प्लान बनाईन । उनले गरिब हटाउने नारा दिइन् । जसको देशभर एकदमै सकारात्मक प्रभाव परेको थियो । त्यस पश्चात सन् १९७१ मा भएको चुनावमा कांग्रेसले ३५१ सिट हासिल गरेको थियो । इन्दिरा गान्धीको यो लगातार दोस्रो जीत थियो ।

लगातार दोस्रो पटक बहुमत ल्याउने दोस्रो पार्टी बन्यो बीजेपी
भारतको १७ औं पटक भएको लोकसभा चुनावको इतिहास हेर्दा सुरुवाती तीन चुनावलाई छोड्ने हो भने बहुमत प्राप्त गरेर सरकार बनाउने नरेन्द्र मोदी दोस्रो पीएम र बीजेपी दोस्रो पार्टी बन्छ । शुरुवाती तीन चुनावमा नेहरुको बहुमत प्राप्त सरकार थियो ।

त्यसपश्चात बहुमतवाला सरकार बनाउने क्रम टुटेको थियो । इन्दिरा गान्धीले सन् १९६७ र १९७१ मा बहुमतवाला सरकार बनाएकी थिइन् । ४८ वर्ष पश्चात भारतमा त्यस्तै इतिहास दोहोरिएको छ । पीएम मोदीको नेतृत्वमा बीजेपीले दोस्रो पटक पूर्ण बहुमत हासिल गरेको छ ।

इन्दिरा गान्धीको शैलीमा नरेन्द्र मोदीले २०१४ मा बहुमत हासिल गरि सरकार बनाएका थिए । अहिले फेरि दोस्रो पटक प्रचण्ड बहुमतसहित सरकार बनाउन जाँदैछन् । २०१४ मा एकाएक बीजेपीले देशभरबाट मत ल्याउँदै गर्दा सबैभन्दा ठुलो ऐतिहासिक जित भनि प्रदर्शन गरिएको थियो । तर २०१९ को लोकसभा चुनावबाट साँच्चिकै बीजेपीले इतिहास रचेको छ । अहिलेको चुनावमा बीजेपीले ३०० सिट पार गरेको छ । यस पटक बीजेपीले एकलै ३०३ सिट प्राप्त गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies