Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

२४ वर्षसम्म सिक्किममा राज गरेका चाम्लिङ किन हारे ? यस्तो छ कारण

गंगटोक । सिक्किममा मुख्यमन्त्री पवन कुमार चाम्लिङ आफ्नो २४ वर्षे सत्ता बचाउन सकेनन् । १७ औं विधानसभा चुनावमा पवनको पार्टी डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रो पराजय व्यहोरेको छ । लामो समयसम्म सिक्मिमको बागडोर समातेको पवनको पार्टी एसडीएफलाई सिक्किम क्रान्तिकारी पार्टी (एमकेएम)ले हराईदिएको छ ।

चुनावमा पवन चाम्लिङको पार्टी डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले १५ सिट मात्रै जितेको छ । विपक्षी एमकेएमलाई १७ सिट मिलेको छ । यहाँ सत्ता सञ्चालनको लागि १७ सिट आवश्यक पर्दछ । यस जितसँगै अब पवन चाम्लिङकै पार्टीका पुराना कार्यकर्ता तथा सिक्किम क्रान्तिकारी पार्टी (एमकेएम)का नेतृत्वकर्ता प्रेमसिंह तामाङ (गोले)ले सरकार बनाउने छन् ।

२४ वर्षसम्म सत्ता चलाएका चाम्लिङको पार्टीलाई हराउने सिक्किम क्रान्तिकारी पार्टी (एमकेएम) ५ वर्ष अगाडि मात्रै गठन भएको थियो । डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)बाट नै छुट्टिएरै सिक्किम क्रान्तिकारी पार्टी (एमकेएम)को स्थापना भएको हो ।

२४ वर्षसम्म निरन्तर मुख्यमन्त्री बने चाम्लिङ
पवन कुमार चाम्लिङ २ डिसेम्बर १९९४ मा सत्तामा आएका थिए । यस पछाडि उनले अक्टुबर १९९९, मई २००४, मई २००९ र मई २०१४ मा चुनाव जितेका थिए । भारतमा पवनले लगातार सबैभन्दा बढि मुख्यमन्त्री बनेको रेकर्ड बनाएका छन् । उनि बाहेक सबैभन्दा धेरै समय सत्तामा रहेर अर्को रेकर्ड बंगालका मुख्यमन्त्री ज्योति बसुले बनाएका थिए । उनी लगातार २३ वर्षसम्म मुख्यमन्त्रीको रुपमा जिम्मेवारीमा रहे ।

यसकारण हारे चाम्लिङ
लामो समय सत्तामा बसेपनि पछिल्लाे समय विकास भएका मुद्दाबाट चाम्लिङको पार्टी अनविज्ञ जस्तै बन्यो । भारतकै सुखी राज्य र समृद्ध राज्य भनिएपनि त्यहाँको आन्तरिक समस्यामा चाम्लिङको पार्टीले काम गर्न सकेन ।

सिक्किममा प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा बढोत्तरी आएको छ । २०१५ मा मात्रै १० हजार मानिसले आत्महत्या गरेको तथ्यांक छ । यो भारतकै लागि समस्या भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् । यसको विषयमा पार्टीले खास काम गर्न नसकेको गुनासो बढि छ ।

समृद्ध भएपनि पछिल्लो समय बेरोजगारी दर ह्वात्तै बढेको छ । शिक्षा, स्वास्थ्य जस्ता कुरामा राम्रो भएपनि बढ्दो बेरोजगारीलाई पवनको पार्टी अनि सत्ताले सम्बोधन गर्न सकेन । पछिल्लो समय भ्रष्टचारको अनुपात बढेको भन्ने गुनासो बढिरहेको बेला डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले खास जनतालाई मन जित्ने काम गर्न सकेन ।

अहिले यिनै मुद्दामा विपक्षी अर्थात प्रेमसिंह तामाङ (गोले) नेतृत्वको क्रान्तिकारी पार्टीले राजनीति गरिरहेको छ । गोले नेतृत्वको पार्टीले बेरोजगार र भ्रष्टचारको मुद्दालाई जोडदार रुपमा उठाइरहेको छ । (एजेन्सीको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies