Khabar Dabali Logo
  June 20, Thu

मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरी फन्दामा

काठमाडौं, ९ जेठ । विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै मण्डपबाटै भागेका मोरङ जहदा गाउँपालिका–४ का २४ वर्षिय लक्ष्मण राजवंशी प्रहरी फन्दामा परेका हुन् ।

परम्परागत रुपमा गत जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशीले माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह मण्डपबाटै उठेर हिँडेका थिए । दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुसीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो ।

राजवंशीले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल दिनुपर्ने भन्दै बेहुली पक्षलाई दबाब दिएका थिए । यता बेहुली पक्षले दिन नसक्ने भनेपछि राजवंशी विवाहको मण्डप नै छाडेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धि कसुर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।’

राजवंशीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको हो । राजवंशीलाईे पक्राउ गरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठ ९ गते, २०७६ - २०:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविका सहायक डिन ५० हजार घुससहित रंगेहात पक्राउ

त्रिविका सहायक डिन ५० हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्रा. डा. शम्भुप्रसाद...   
फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा के हाेला ?

फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा के हाेला ?

फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ।...   

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीकाे सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका...   
चितवनमा हुने योग शिविरको नेकपा अध्यक्ष प्रचण्डबाट उद्घाटन

चितवनमा हुने योग शिविरको नेकपा अध्यक्ष प्रचण्डबाट उद्घाटन

चितवन । असार ६ गते पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा चितवनको भरतपुरमा योग शिविर हुने भएको छ ।...   
सरकारले लगायो ‘इनर्जी ड्रिंक्स’ को आयातमा पूर्ण रोक

सरकारले लगायो ‘इनर्जी ड्रिंक्स’ को आयातमा पूर्ण रोक

काठमाडौं । सरकारले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स) को आयातमा रोक लगाएको छ । उद्योग...   
किसानले बनाए रुख चढ्ने मोटरसाइकल, कति होला स्पीड ?

किसानले बनाए रुख चढ्ने मोटरसाइकल, कति होला स्पीड ?

एजेन्सी । अब रुखमा माथि सम्म मोटर साइकलका माध्यमबाट जान सकिने भएको छ । नरिबल र सुपारी जस्ता रुखमा चढ्न...   

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ–सांसद महेश बस्नेत

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु...   
रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

काठमाडौं । लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा पहिलेका काेच फेरिने भएका छन् । सिजन २...   
हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु...   

अर्थतन्त्रमा छाडापन हाबी: नेता शर्मा

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद जनार्दन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top