Khabar Dabali Logo
  June 20, Thu

विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको पहिचान गरी स्वदेशकै सेवा गर्न यहीँ पढेर गुणवान् नागरिक बन्नुपर्नेमा जोड दिए।

उनले भने, “राज्यले शिक्षामा लगानी गरेको छ तर यो पर्याप्त छैन । त्यस अर्थमा निजी शिक्षा क्षेत्रलाई लगानी रोकेर स्वदेशको पूँजी पलायन गराउने भन्ने हुँदैन । निजी र सामुदायिक दुवै शिक्षालय मिलेर उत्कृष्ट शिक्षाको वातवरण र प्रविधि निर्माण हुँदै समृद्धिमा लाग्नुपर्छ ।” प्रधानमन्त्री ओलीले निजी शिक्षालयलाई बन्द नगराई नियमन गर्ने सरकारको नीति हुने र सामुदायिक क्षेत्रको स्तर माथि उकासेर निजीलाई स्वतः बन्द हुने खतरामा पु¥याउने उल्लेख गर्दै निजी क्षेत्रको लगानीलाई सुरक्षित र प्रोत्साहितसमेत गरिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “नेपाली विद्यार्थी बाहिर नजाने वातावरणका लागि निजी क्षेत्रको घाँटी निमोठ्ने काम हुँदैन । देश विकासको अगुवाइ निजी क्षेत्रले गर्नुपर्छ ।” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा नेपालमै दिन सकिने वातावरणका लागि सरकारले उचित सहयोग गर्ने बताउँदै निजी शिक्षालयले सेवाको भावना राखेर काम गर्नुपर्नेमा जोड दिए । चारदिने मेलाका संयोजक युवराज शर्माले २०६९ सालदेखि आयोजना गरिँदै आएको मेलामा स्वदेशका उच्च शिक्षाका उत्कृष्ट संस्थाका अनुभव आदानप्रदान हुने जानकारी दिए ।

जेठ ९ गते, २०७६ - १५:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, विप्लवका जिल्ला नेताको मृत्यु

काठमाडौं। सर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको छ । उक्त भिडन्तमा परि...   

अति संवेदनशील मानिने पारमाणविक भट्टी अब सञ्चालनमा अनुमति नदिइने

काठमाडौं । अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा...   
स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस...   

आजदेखि शुरु भएकोे मनसुन देशभर फैलिन केही दिन लाग्ने, आज यी स्थानमा बर्षा हुने

काठमाडौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै...   
मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

नेदरल्यान्डस्म । लेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले...   
खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा...   
अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति...   

२९ जना सवार गाडी नहरमा खस्यो, सात बालबालिका बेपत्ता

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका...   

प्रधामन्त्री रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमै ४३ हजार युवा उडे

काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top